-1743171852.jpg)
काठमाडौं । शुक्रबार काठमाडौं निकै अशान्त बन्यो । राजावादी समूहले काठमाडौंको तीनकुनेमा गरेको आन्दोलनमा आन्दोलनकारी हिंसात्मक बनेपछि उग्ररुप लिएको थियो । दिनभर काठमाडौंमा कहाँ कहाँ के भयो ? हेरौँ ६६ समाचार शीर्षकमा
१– राजावादीको प्रदर्शन अराजक हुन सक्ने सुरक्षा विश्लेषण, ड्रोनबाट पनि निगरानी
२– राजावादीको आन्दोलनमा झन्डाको व्यापार (तस्बिरहरू)
३–राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी (तस्बिरहरू)
४–तीनकुनेमा राजावादी र प्रहरीबीच झडप
५–गणतन्त्रवादीको जुलुसमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी
६–दुर्गा प्रसाईं भन्छन्– यो आन्दोलन राजा स्वयं र मेरो हो
७–गणतन्त्रवादीको नारा– कुलमान हटाउन पाइँदैन !
८–बानेश्वरतर्फ बढेको राजावादीको प्रदर्शन पछि हट्यो
९–गणतन्त्रवादीको जुलुस सभास्थल प्रदर्शनीमार्ग पुग्दै (तस्बिरहरू)
१०–राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार
११–पृथ्वीनारायणदेखि नरहरिनाथसम्मका पोस्टर बोकेर प्रदर्शनमा उत्रिए राजावादी (तस्बिरहरू)
१२–‘निषेध क्षेत्र’ तोड्न खोज्दै राजावादी
१३–दुर्गा प्रसाईं चढेको गाडीले तोड्यो निषेधित क्षेत्र
१४–राजावादीले गरे प्रहरीमाथि ढुंगामुढा : पानीको फोहोरा फ्याँकियो
१५–पूर्वराजालाई पम्फाको सुझाव : दल खोल वा राजावादी पार्टीको अध्यक्ष बन
१६–तीनकुनेकाे निजी घरमा राजावादीले गरे ढुंगामुढा (तस्बिरहरू)
१७–राजावादीकाे प्रदर्शनस्थल तीनकुनेकाे एक घरमा लाग्याे आगाे
१८–तीनकुनेमा राजावादीको अराजकता (तस्बिरहरू)
१९–तीनकुनेमा प्रहरीले गर्यो हवाई फायर
२०–राजावादीको स्टेजमा अश्रुग्यास प्रहार
२१–विप्लवको टिप्पणी– राजतन्त्र फर्कने कुरा प्रहसन, कुर्सीमा अर्कोले राख्दिनुपर्नेले समाधान दिने ?
२२–अन्नपूर्ण पोष्टको कर्पोरेट टावरमा समेत ढुंगा प्रहार
२३–राजावादी समूहले खोसे सुरक्षाकर्मीको राइफल
२४–माधव नेपालको चेतावनी : वंशको शासन ल्याउने कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छ
२५–ज्ञानेन्द्रलाई प्रचण्डको चेतावनी : अर्को गल्ती गरे भोग्न बाँकी केही रहँदैन, खबरदार !
२६–राजावादीको प्रदर्शन तितरबितर
२७–घोडा चढ्ने सामन्तको दास बन्न नेपाली तयार छैनन् : विप्लव
२८–राजावादीहरूले तीनकुनेमा आफ्नो असली चरित्र देखाएको प्रचण्डको टिप्पणी
२९–निजी सम्पत्तिमा आक्रमण नगर्न राजावादीलाई प्रसाईंको अपिल
३०–कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार
३१–मलाई स्वर्ग पठाए, धन्यवाद छ केपी ओली : प्रचण्ड
३२–प्रचण्डको चुनौती : इँटको जवाफ पत्थरले दिन्छाैं, १० लाख ल्याए एक करोड ल्याउँछाैँ
३३–तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने तयारी
३४–एकीकृत समाजवादीको कार्यालयमा आगजनी प्रयास, माओवादी हेडक्वार्टरतर्फ अघि बढे राजावादी
३५–काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू
३६–कोटेश्वर भाटभटेनीमा राजावादी समूह पसेर लुटे सामग्री
३७–राजावादी प्रदर्शनका २५ घाइतेको केएमसीमा उपचार, अवस्था के छ ?
३८–गृह मन्त्रालयमा आकस्मिक बैठक, प्रहरीलाई गोली चलाउनसम्म निर्देशन
३९–कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन
४०–राजावादी समूहले गरे विमानस्थलअगाडि आगजनी, निगमको डिपो सुरक्षित
४१–नवराज सुवेदीलाई प्रश्न– निजी सम्पत्तिमा आक्रमण र क्षतिको जिम्मा कसले लिन्छ ?
४२–विमानस्थलअगाडि आगजनीले ४५ मिनेट उडान प्रभावित
४३–हिंसात्मक गतिविधि बन्द गर, प्रदर्शन शान्तिपूर्ण बनाऊ : मानव अधिकार आयोग
४४–बालकुमारी ललितपुरमा तैनाथ नेपाली सेना (तस्बिरहरू)
४५–तीनकुने झडपमा कीर्तिपुरका एक युवाको मृत्यु
४६–आगजनीका कारण एकीकृत समाजवादीको कार्यालयका महत्त्वपूर्ण कागजात नष्ट
४७–तोडफोड र आगजनीका अमानवीय घटनाहरू गैरकानुनी तथा भर्त्सनायोग्य : गृह मन्त्रालय
४८–२० वर्षपछि भदौ १६ दोहोरियो, आन्दोलनको नाममा आपराधिक कार्य : गृह मन्त्रालय
४९–दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीको टोली भक्तपुर पुग्यो
५०–राजावादीले आगजनी गरेको घरमा जलेर एकजनाको मृत्यु, पत्रकार भएको आशंका
५१–उच्छृंखल र अराजक कार्यको घोर भर्त्सना : समाजवादी मोर्चा
५२–राजावादीले आगजनी गरेको घरमा जलेर एक पत्रकारको मृत्यु
५३–सभ्य समाजले लाज मान्नुपर्ने आन्दोलन भयो : गृह मन्त्रालय
५४–दुर्गा प्रसाईं सम्पर्कविहीन
५५–जब राजावादीको आन्दोलनले उग्ररुप लियो...
५६–कार्यालय तोडफोड हुनुमा सुरक्षा प्रशासनको घोर लापरवाही : एकीकृत समाजवादी
५७–लोकतन्त्रका पक्षमा गोलबद्ध हुन एमालेको आह्वान
५८–राजावादीको प्रदर्शनमा जे देखियो... (तस्बिरहरू)
५९–राजावादीको प्रदर्शन ‘अराजक’ हुने सूचना सुरक्षा संयन्त्रलाई हुँदाहुँदै कसरी चुक्यो सुरक्षा रणनीति ?
६०–‘राजावादी आन्दोलन’का नाममा अराजक गतिविधि गर्नेमाथि कानुनी कारबाही गर्न माग
६१–जडीबुटी प्रशोधन कम्पनीको आगो नियन्त्रणमा
६२–समाजवादी मोर्चा : ज्ञानेन्द्रदेखि गणतन्त्रवादीसम्मलाई चेतावनी
६३–हिंसा भड्काउने र त्यसमा सामेल हुने व्यक्तिलाई कडा कारबाही गर्न कांग्रेसको माग
६४–अराजक राजावादी ! प्रदर्शनकारीले मच्चाए बितन्डा
६५–रास्वपाले भन्यो : पूर्वराजा पक्षधरको गतिविधि अक्षम्य
६६–कर्फ्यु आदेशको समयावधि थपियो