site stats
बाह्रखरी :: Baahrakhari
कला
दीपकराजले गणतन्त्र र वागमतीको यसरी गरे तुलना

काठमाडौं । अभिनेता दीपकराज गिरीले गणतन्त्रको पक्षमा आफ्नो मत जाहेर गरेका छन् । 

उनले गणतन्त्र वागमती नदीजस्तै पवित्र भएको र यसमा सबैलाई आस्था र विश्वास भएको दाबी गरेका छन् । 

Argakhachi Cement Island Ad

तर, वागमतीरूपी पवित्र गणतन्त्रमा भ्रष्टाचाररूपी ढल मिसिएका कारण घृणा गरिएको आशय व्यक्त गरेका छन् । उनले गणतन्त्र दिवसको शुभकामना पनि दिएका छन् ।

उनले लेखेका छन्, “गणतन्त्र वागमतीजस्तो हो ! आस्था र विश्वास सबैलाई छ, “भ्रष्टाचारको ढल धेरै मिसिएकोले मात्रै नाक खुम्च्याउनु पर्‍या हो ! शुभकामना ।।”

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्