देश

काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनलाई तितरबितर पारेको छ । प्रदर्शनले उग्ररूप लिएपछि प्रहरीले अश्रुग्यास, हवाई फायर प्रहार गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पारेको हो ।
अहिले राजावादीको प्रदर्शनसभा तीनकुने मैदानमा पनि मान्छेहरू छैनन् । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले स्टेजमै अश्रुग्यास प्रहार गरेको थियो ।
त्यसअघि, राजावादीहरूले निजी घरमा समेत ढुंगामुढा प्रहार गरेका थिए । उनीहरूले एक घरमा आगजनीसमेत गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १५:१८
प्रतिक्रिया दिनुहोस्