site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बादल, रविदेखि रमेश लेखकसम्मका ‘प्यारा’ तीर्थराज

काठमाडौं । भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई छाडेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईको बितेको पाँच वर्षमा १० पटक सरुवा भएको पाइएको छ ।

गृहमन्त्री रमेश लेखकले यसको खुलासा गरेका हुन् । भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएपछि त्यस सम्बन्धमा स्पष्ट पार्दै उनले भट्टराईका सम्बन्धमा उक्त जानकारी दिएका हुन् ।

गृहमन्त्रीलाई बर्खास्त गर्न माग गरिएको रिटको दरपिठ सर्वोच्चबाट सदर

Argakhachi Cement Island Ad

गृहमन्त्री लेखकले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, “२०७७ असार १९ गतेदेखि उहाँ (तीर्थराज भट्टराई) गृह मन्त्रालयमा काम गरिरहनु भएको छ ।”

गृहमन्त्री लेखकले दिएको जानकारी अनुसार २०७७ असार १९ गतेदेखि २०८२ जेठ ६ गतेसम्मको अवधिमा  भट्टराईलाई १० पटक सरुवा गरी जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्रीले काठमाडौं संगीतको नियन्त्रणमा राखौँ भन्नुभएको हो : रमेश लेखक

भट्टराईलाई सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय पठाउने काम गृहमन्त्री लेखकले गरेको कारण उनले राजीनामा दिनुपर्ने माग उठेपछि उनले पछिल्लो पाँच वर्षमा भएका सरुवाको विवरण प्रस्तुत गरेका थिए ।

कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजीनामा दिनुपर्ने थिति नबसालौँ : गृहमन्त्री लेखक

“कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक हुनुहुन्थ्यो । उहाँलाई त्यहाँबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा सरुवा गरेको हुँ,” गृहमन्त्री लेखकले भने, “उहाँ २०७७ सालदेखि निरन्तर गृह मन्त्रालयमा काम गर्नुभएको छ । अत्यन्त महत्वपूर्ण विभागहरूको महानिर्देशक भइसक्नु भएको छ । मैले कुनै ठाउँबाट अचनाक ल्याएर अध्यागमन पठाएको होइन ।” 

'कर्मचारीमाथि अनुसन्धान हुनासाथ मन्त्रीले राजीनामा दिने भए एक वर्षमा कति मन्त्री चाहिएला ?'

२०७७ असार १९ गतेदेखि गृह मन्त्रालयमा जोडिएका भट्टराई सबैभन्दा पहिला २०७७ सालमा जिल्ला प्रशासन कार्यालय गोर्खामा प्रमुख जिल्ला अधिकारी बनेका थिए । जतिबेला रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए ।

त्यसपछि भट्टराईलाई २०७७ फागुन १४ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीमा प्रमुख जिल्ला अधिकारी बनाइयो । त्यतिबेला पनि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ थिए ।

२०७८ सालमा उनी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा महानिर्देशक बनाइयो । त्यतिबेला बालकृष्ण खाण गृहमन्त्री थिए ।

मेराविरुद्ध षड्यन्त्र रचियो : गृहमन्त्री लेखक

२०७८ पुस १२ गते भट्टराईलाई जिल्ला प्रशासन कार्यालय मोरङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको थियो ।  त्यसपछि लगत्तै भट्टराईलाई गृह मन्त्रालय तानियो । जतिखेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालय पनि सम्हालेका थिए । नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदासम्म भट्टराई गृह मन्त्रालयमा सहसचिव थिए ।

गृहमन्त्री भन्छन्– मेरोे निष्ठाको राजनीतिक जीवनमाथि प्रहार गरियो

त्यसपछि भट्टराई केही सयमका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा सरुवा भए । सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २०८० साउन ३ गते फेरि भट्टराईलाई गृह मन्त्रालयमै सरुवा गरियो । भट्टराई गृह मन्त्रालयमा सरुवा हुँदा रवि लामिछाने नै गृहमन्त्री थिए ।

म अपराधकर्मलाई जिन्दगीभर तिरस्कार गर्ने मान्छे हो : गृहमन्त्री लेखक

रवि लामिछाने गृहमन्त्री भएका बेलामा भट्टराईलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक बनाइयो ।

गृहमन्त्रीको प्रश्न– सामाजिक सञ्जालमा कुरा उठ्नबित्तिकै राजीनामा दिनुपरे स्थिति के होला ?

“उहाँ कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भइरहेकै बेला मैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रमुखमा काम गरिराखेको सहसचिवलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महाननिर्देशकमा सरुवा गरेर उहाँलाई अध्यागमन कार्यालयमा सरुवा गरेको हो,” गृहमन्त्री लेखकले भने ।

 

प्रचण्डलाई रमेश लेखकको प्रश्न– तपाईंले नियुक्त गरेका मुख्यसचिवमाथि प्रश्न उठ्दा तपाईंको राजीनामा मागियो ?

गृहमन्त्री लेखकले सरुवा गरेपछि भट्टराई २०८१ असोज २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा प्रमुख अध्यागमन अधिकृतको रुपमा हाजिर भएका थिए । अध्यागमन कार्यालयबाट २०८२ जेठ ६ गते उनलाई फेरी गृह मन्त्रालयमा तानिएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्