site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माधव नेपालको चेतावनी : वंशको शासन ल्याउने कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छ 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंशले शासन गर्ने व्यवस्था ल्याउने कोसिस नगर्न चेतावनी दिएका छन् । 

शुक्रबार भृकुटीमण्डमा आयोजित कार्यक्रममा उनले इतिहासलाई पछाडि फर्कन नदिने बताए । कसैले कुचेष्टा गरे ठूलो मूल्य चुकाउनुपर्ने बताए । “यो देशमा फेरि वंशको शासन ल्याउने कसैले दुचेष्टा गर्छ भने उनीहरुले ठूलो मूल्य चुकाउनुपर्छ,,” उनले भने । 

नेपालले विगतमा कार्यक्रमको स्मरण गर्दै आजको कार्यक्रम कास्टिङ मात्रै भएको बताए । “यो त कास्टिङ मात्रै हो । अब यो मुलुक शाही वंशतिर फर्कन सक्दैन । वंश, परिवारको शासनतर्फ फकर्न सक्दैनन्,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro