site stats
बाह्रखरी :: Baahrakhari
देश
जडीबुटी प्रशोधन कम्पनीको आगो नियन्त्रणमा
तीनकुनेको एक घरमा तोडफोडपछि आगजनी ।

काठमाडौं । कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा लागेको आगो नियन्त्रणमा आएको छ ।

राजावादीको अराजक समूहले शुक्रबार कम्पनीमा आगजनी गरेका थिए । आगलागीबाट कम्पनीको मुख्य कार्यालय भवन र सञ्चो उत्पादन गर्ने भवन पूर्ण रूपमा जलेको छ ।

Argakhachi Cement Island Ad

उनीहरूले त्यहाँ रहेका आठ सवारीसाधन समेत जलाएको गृह मन्त्रालयले जनाएको छ ।

राजावादी समूहले तीनकुनेमा रहेको एक निजी घरमा तोडफोड गर्नुका साथै आगजनी गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २१:१४
प्रतिक्रिया दिनुहोस्