site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणतन्त्रवादीको जुलुसमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी

काठमाडौं । गणतन्त्रवादीको जुलुस सुरु भएको छ । काठमाडौंको प्रदर्शनीमार्गमा आज (चैत १५) आयोजित आमसभाअघि विभिन्न ठाउँबाट जुलुस निकालिएको हो ।

त्यस्तै एउटा जुलुस बानेश्वरतर्फ अघि बढ्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिएको छ । गणतन्त्रवादीको र्‍यालीमा सहभागी भएकाहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

उनीहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको तस्बिरअंकित प्लेकार्ड समेत प्रदर्शन गरेका छन् । गणतन्त्रका पक्षमा नाराबाजी गरेका छन् ।

यस्तै, बबरमहल हुँदै अघि बढेको गणतन्त्रवादीको प्रदर्शनमा सहभागीले ‘ओली सरकार राजीनामा दे’, ‘कुलमान हटाउन पाइँदैन’, ‘गणतन्त्रविरोधी मुर्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायत नारा लगाएका छन् ।

त्यो जुलुस प्रदर्शनीमार्गमा पुगेर सभामा मिसिनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro