site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाले भन्यो : पूर्वराजा पक्षधरको गतिविधि अक्षम्य 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वराजा पक्षधरको आन्दोलनका क्रममा अक्षम्य गतिविधि भएको भन्दै भर्त्सना गरेको छ । प्रदर्शनकारीले देखाएको अराजकता, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको हमला, लुटपाट तथा आगजनीजस्ता घटनाको रास्वपाले विरोध गरेको छ । 

“शान्तिपूर्ण आन्दोलन संविधानले दिएको अधिकार मात्र हैन, लोकतन्त्रमा नागरिक सहभागिताको स्वीकृत विधि पनि हो,” 
कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु  सबैभन्दा उदार र सुन्दर विशेषता रहे तापनि यस्तो आधारभूत मान्यताबाट पर गई आज पूर्वराजा पक्षधरहरूबाट भएको अराजकता, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको हमला, लुटपाट तथा आगजनी जस्ता अक्षम्य गतिविधिहरुको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्दछ ।” 

आगामी दिनमा जिम्मेवार रूपमा प्रस्तुत हुन सचेत गराउँदै सो पार्टीले आजको घटना भड्काउने र जनधनको क्षति गराउनेहरूलाई हदैसम्मको कारबाहीको माग गरेको छ । 

आजको आन्दोलन अराजक हुन सक्ने पूर्वसूचनाका बाबजुद सरकार र गृह प्रशासन कत्ति पनि चिन्तित र तयार नरहेको घटनाक्रमले देखाएको भन्दै विज्ञप्तिमा अक्षमताको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने रास्वपाको ठहर छ । 

“आमजनताको सम्पत्तिको सुरक्षा गर्नु, संयमता अपनाई हिंसात्मक हुन सक्ने भीडलाई नियन्त्रण गर्नु सरकारको दायित्व हो,” विज्ञप्तिमा भनिएको छ, “विषम परिस्थितिमा सरकारको असंवेदनशील अक्षमताको  पूर्ण जिम्मेवारी गृह मन्त्रीले नै लिनपर्छ भन्ने हाम्रो ठहर हो ।”

रास्वपाले प्रदर्शनका क्रममा मृत्यु भएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्युप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ । 

राजावादी समूहले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारको सरकारी गाडी जलाइदिएको घटनाको पनि रास्वपाले निन्दा गरेको छ । साथै प्रदर्शन्का क्रममा घाइते भएका सुरक्षाकर्मी तथा आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro