site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीको कार्यालयमा आगजनी प्रयास, माओवादी हेडक्वार्टरतर्फ अघि बढे राजावादी

काठमाडौं । राजावादीको एउटा समूहले शुक्रबार (चैत १५) नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा आगजनीको प्रयास गरेको छ । काठमाडौंको आलोकनगरस्थित पार्टी कार्यालयमा आगजनीको प्रयास गरिएको हो ।

केही प्रदर्शनकारी एकीकृत समाजवादीको कार्यालयभित्र प्रवेश गरेका थिए । उनीहरूले त्यहाँका केही फर्निचरलगायत सामग्री बाहिर सडकमा ल्याएर आगजनी गरे ।

राजावादीको एक समूह पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को कार्यालयतर्फ अघि बढेको छ ।

शुक्रबारै यसअघि राजावादीले तीनकुनेस्थित व्यक्तिको घरमा तोडफोड र आगजनी गरेका थिए । आगो निभाउन पठाइएको दमकल पनि तोडफोड गरिएको थियो । त्यसक्रममा एक नगर प्रहरी घाइते भएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro