site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विप्लवको टिप्पणी– राजतन्त्र फर्कने कुरा प्रहसन, कुर्सीमा अर्कोले राख्दिनुपर्नेले समाधान दिने ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले राजतन्त्र फर्कने कुरा नेपालको राजनीतिको प्रहसन भएको टिप्पणी गरेका छन् ।
 
शुक्रबार समाजवादी मोर्चाले भृकुण्टीमण्डपमा गरेको कार्यक्रममा उनले राजतन्त्र आउँदा के हुन्छ भन्दै प्रश्न गरे । “नेपालको राजनीतिको प्रहसन हो यो,” उनले भने । 

विप्लवले नवराज सुवेदीलाई बोल्न पनि गाह्रो हुने मान्छेले देशको समाधान दिने भन्दै कटाक्ष गरे ।
 
“नवराज सुवेदीलाई बोल्ने पनि गाह्रो–गाह्रो छ । कुर्सीमा राख्न पनि अर्कोले राख्नुदिनुपर्ने मान्छेले नेपालको समाधान दिन्छु भन्ने । यो अनौठो होइन्,” उनले भने ।
 
उनले उट्पट्याङ र गेरुबस्त्रुधारीहरुको गठजोड भइरहेको भन्दै राजतन्त्र फर्कन नसक्ने बताए । 
 
“केही उट्पट्याङ मान्छे, विभिन्न आन्दोलनमा बदनाम भएका तत्व, गेरुबस्त्रधारी, विभिन्न प्रवृत्तिको गठजोड गरेर राजतन्त्र फर्काउने जो कुरा भइरहेको छ । फर्किएर के हुन्छ ?,” उनले भने ।
  
विप्लवले उक्सिनेहरुले पछुताउनुपर्ने चेतावनी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro