site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
घोडा चढ्ने सामन्तको दास बन्न नेपाली तयार छैनन् : विप्लव 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजावादीलाई दलालबाट पीडित नेपाली सामन्तको दास बन्न तयार नभएको बताएका छन् । शुक्रबार (चैत १५) प्रदर्शनीमार्गमा समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा आयोजना गरेको सभामा उनले दलालविरुद्ध लडिरहेका जनता समान्तवादीका दास हुन्छन् भन्ने सपना नदेख्न पनि आग्रह गरे ।

“हामी गणतन्त्रका नागरिक हौँ, काठमाडौंमा खडा छौँ । ४०० वर्षपछि गणतन्त्रमा पुगेका हौँ । गणतन्त्र नेपालका नागरिकप्रति हामी गौरव गर्छौं,” विप्लवले भने, “समान्तवादका जन्जिर तोड्ने नागरिक हौँ हामी । सामन्तवाद परास्त भएपछि दलालहरूको शासनविरुद्ध लडेका छौँ ।”

उनले दुई दुस्मनसँग विगतमा लडेको भन्दै दलाल प्रवृत्ति भने अन्त्य नभएको बताए । त्यही दलालको पन्जाबाट शासन फुत्कन नसक्दा नागरिकमा आक्रोस र निराशा रहेको उनको भनाइ थियो ।

“एउटा समान्तवादी प्रवृत्ति, सामन्तवादी हैकमलाई परास्त गरेर गणतन्त्र ल्याएका हौँ । अहिले विदेशीहरूको उक्साहटमा गणतन्त्रका विरुद्ध षड्यन्त्र भइरहेका छन्,” विप्लवले भने, “गणतन्त्रमा जनताले पाएका उपलब्धि संस्थागत भएका छैनन् । नयाँ पुस्ताका आकांक्षा पूरा गरिएको छैन । शासकीय इमानदारिता नहुँदा किसानका समस्या छन् । मजदुरका समस्या छन् । शिक्षकका समस्या छन् । यसको मतलब फेरि सामन्त राजतन्त्र ल्याउने भन्ने होइन ।”

हाल गाडी चढ्ने दलालविरुद्ध उभिनु भनेको हिजोको राजाका पक्षमा हो भन्ने नसोच्न उनले राजावादीलाई सुझाव दिए । दलालविरुद्ध लड्नु भनेको पछाडि फर्कनु नभएको भन्दै उनले राजतन्त्र फर्कने सपना नदेख्न पनि आग्रह गरे ।

“गाडी चड्ने दलालहरू झेल्न तयार नभएका नेपाली जनता घोडा चढ्ने सामन्त (राजा) ल्याउन तयार हुन्छन् ? हुँदैनन्,” विप्लवले भने ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro