site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोकतन्त्रका पक्षमा गोलबद्ध हुन एमालेको आह्वान

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराजावादीहरूको समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा देखाएको अराजकताको भर्त्सना गरेको छ ।
 
महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने क्रियाकलाप निन्दनीय रहेको जनाएका छन् । एमालेले लोकतन्त्रका पक्षमा गोलबद्ध हुन सबै राजनीतिक दल र नागरिक समाजलाई आह्वान समेत गरेको छ । 

आपराधिक क्रियाकलापमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग पनि उसले गरेको छ ।

“सबै राजनीतिक दल, नागरिक समाज र आमनेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “आजका आपराधिक क्रियाकलापमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्दछ ।”

486561539_671415255481118_3848832110910274295_n-1743170097.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro