-1743171855.jpg)
काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार बिहान ११ बजे राजावादीको प्रदर्शनको चहलपहल सुरु हुँदै थियो ।
उनीहरूलाई रोक्न प्रहरीको चार घेरा थियो । एकाएक कोटेश्वरतर्फबाट एक हुल भिड निस्कियो । भिड कार्यक्रमस्थलतर्फ प्रवेश नगरी सिधै प्रहरीतर्फ अगाडि बढ्यो ।
भिडले ट्राफिक कोन लगायतका सामग्रीहरू तोडफोड गर्न थाल्यो । त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गर्यो । धेरै हदसम्म भिड तितरबितर भइसकेको बेलामा ‘संयुक्त जनआन्दोलन समिति’का ‘कमान्डर’ दुर्गा प्रसाईंको इन्ट्री भयो ।
प्रसाईंले प्रहरीको चार घेरालाई पनि तोडेर आन्दोलनलाई भड्काए । निषेधित घेरा तोडेर बानेश्वरतिर अघि बढ्न खोजेपछि प्रहरीले उनको गाडी रोकेको थियो । गाडी केहीबेर रोकियो तर त्यसपछि प्रहरीलाई पेलेर अघि बढ्यो ।
आन्दोलनका क्रममा दुईजनाको मृत्यु भइसकेको छ । सरकारले सडकमा सेना समेत परिचालन गरेको छ ।
तीनकुनेमा राजावादी प्रदर्शनकारीहरूले तीनवटा निजी घरमा तोडफोड गरेका थिए भने जडीबुटी प्रशोधन केन्द्रमा आठवटा सवारीसाधन जलाएका छन् ।
मेडिकल व्यवसायी प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि शुक्रबार प्रदर्शन भएको थियो । यो प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’, राप्रपा, राप्रपा नेपाललयायतले पनि समर्थन गरेका थिए ।