site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणतन्त्रवादीको नारा– कुलमान हटाउन पाइँदैन !

काठमाडौं । गणतन्त्रवादीले आज (चैत १५) काठमाडौंमा जुलुस निकालेका छन् । काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित आमसभाअघि विभिन्न ठाउँबाट जुलुस निकालिएको हो ।

त्यस्तै एउटा जुलुस बानेश्वरतर्फ अघि बढ्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिएको छ । गणतन्त्रवादीको र्‍यालीमा सहभागी भएकाहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

उनीहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको तस्बिरअंकित प्लेकार्ड समेत प्रदर्शन गरेका छन् । गणतन्त्रका पक्षमा नाराबाजी गरेका छन् ।

यस्तै, बबरमहल हुँदै अघि बढेको गणतन्त्रवादीको प्रदर्शनमा सहभागीले ‘ओली सरकार राजीनामा दे’, ‘कुलमान हटाउन पाइँदैन’, ‘गणतन्त्रविरोधी मुर्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायत नारा लगाएका छन् ।

त्यो जुलुस प्रदर्शनीमार्गमा पुगेर सभामा मिसिनेछ ।

मुख्यतः समाजवादी मोर्चामा आबद्ध दलहरू – नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आमसभा आयोजना गरेका हुन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro