site stats
बाह्रखरी :: Baahrakhari
देश
राजावादीले आगजनी गरेको घरमा जलेर एकजनाको मृत्यु,  पत्रकार भएको आशंका 
Argakhachi Cement Island Ad

काठमाडौं । राजावादी समूहले आगजनी गरेको घरमा जलेर एक जनाको मृत्यु भएको छ । उनी एभिन्युज टीभीमा कार्यरत पत्रकार भएको आशंका प्रहरीले गरेको छ ।

प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार घरको चौथो तलामा एउटा शव फेला परेको छ । उनले एभिन्युज टीभीमा कार्यरत पत्रकार भएको हुन सक्ने अनुमान भए पनि पुष्टि नभएको बताए ।

तर एभिन्युजका पत्रकार शिव दाहालले दिएको जानकारीअनुसार घरको छतमा बसेर आन्दोलन कैद गरेका पत्रकार सुरेश रजक आजगनीपछि सम्पर्कमा छैनन् । रजकका भान्जा राजेशले दिएको जानकारीअनुसार मामा सुरेश रजकको मृत्यु भएको छ । तर शव नचिनिने अवस्थामा रहेको हुँदा प्रहरीले हस्तान्तरण नगरेको उनको भनाइ छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्