site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘राजावादी आन्दोलन’का नाममा अराजक गतिविधि गर्नेमाथि कानुनी कारबाही गर्न माग

काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कले ‘राजावादी आन्दोलन’का नाममा अराजक गतिविधि गर्नेमाथि कानुनी कारबाही गर्न माग गरेको छ । 

नेटवर्कले शुक्रबार एक विज्ञप्ति जारी अन्नपूर्ण मिडिया नेटवर्क र कान्तिपुर टेलिभिजनका मुख्यालयमा तोडफोड एवं आगजनी भएको र एक निजी भवनमा राजावादीले लगाएको आगोमा परी एभिन्युज टीभीका क्यामेरा पर्सन सुरेश रजकको निधन भएकोमा गम्भीर भर्त्सना गरेको छ ।
 
विज्ञप्तिमा भनिएको छ, “निरंकुशताको पहिलो निसानी प्रेस हो भन्ने यो ‘आन्दोलन’ले अँगालेको शैलीले देखाएको छ । हामी सबै किसिमका निरंकुशताको कडा विरोध गर्दै लोकतन्त्रका पक्षमा सदा अविचलित रहने प्रतिबद्धता जनाउँछौं ।”

गणतन्त्रको रेखा कोर्ने २०६२–०६३ को आन्दोलनमा मिडियाको सक्रिय, सशक्त र अहं भूमिका रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “अन्नपूर्ण मिडिया नेटवर्क लोकतन्त्रको मुना निमोठ्ने कुनै पनि गतिविधिको मूकदर्शक हुन सक्दैन । प्रदर्शनकारीले त्यही कारण पनि अन्नपूर्ण मिडियालाई आक्रमणको निसाना बनाएको हाम्रो ठहर छ ।”

लोकतान्त्रिक पद्धति र कानुनी दायराभन्दा बाहिर जान लोकतन्त्रमा कसैलाई छुट नभएको भन्दै अन्नपूर्ण मिडिया नेटवर्कले लोकतन्त्रको संरक्षण र संवर्द्धन गर्न र राजनीतिक थिति बसाल्ने मार्गदर्शक बन्न सदा अग्रसर रहँदै आएको स्मरण गराएको छ । 

“लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र हो । गणतन्त्रको विकल्प केवल समुन्नत गणतन्त्र हो,’ विज्ञप्तिमा भनिएको छ, “किनकि, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार एवं नागरिक सम्प्रभुत्ता केवल लोकतन्त्रमा सम्भव छ । त्यसमा हुने अवरोध खेदजन्य छ ।”

पत्रकार र कर्मचारी भित्र रहेको अवस्थामा ज्यानै लिने कुत्सित मनशायले अन्नपूर्ण मिडिया नेटवर्कमा आगजनी तथा आक्रमण गरिएको ठहर गर्दै विज्ञप्तिमा घरभित्रै आगोमा पारी क्यामेरा पर्सन रजकको निधन भएको घटनाको छानबिन गरी संलग्नलाई कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ । 

 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro