site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उच्छृंखल र अराजक कार्यको घोर भर्त्सना : समाजवादी मोर्चा
Tiktok banner adTiktok banner ad

काठमाडौं । समाजवादी मोर्चा नेपालले राजावादी समूहले गरेको उच्छृंखल र अराजक कार्यको घोर भर्त्सना भएको जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय, अध्यक्ष  माधवकुमार नेपालका भाइ सरोज नेपालको निजी निवास लगायतमा तोडफोड र आगजनी भएको भन्दै भर्त्सना गरेको हो ।

मोर्चाले शुक्रबार काठमाडौंमा आयोजना गरेको बृहत् जनसभा पचासौँ हजार जनताको सहभागितामा भव्यतापूर्वक सम्पन्न भएको समेत जनाएको छ ।

"यो विशाल जनसर्मथन र सहभागिताबाट अत्तालिएका पुनरुत्थानवादी र उच्छृंखल प्रतिगामी तत्वहरूले अराजकता सृजना गर्दै नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज नेपालको निजी निवास लगायतमा तोडफोड र आगजनी गर्न पुगेका छन् । निजी, सार्वजनिक सम्पति र कान्तिपुर एंव अन्नपूर्ण पोष्ट लगायतका सञ्चार गृहमा समेत तोडफोड तथा आगजनी गरेका छन् । यो उच्छृंखल र अराजक कार्यको हामी घोर भत्सना एंव निन्दा गर्दछौँ," मोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

यस कार्यमा संलग्नलाई यथाशीघ्र कानुनी दायरामा ल्याइ कडाभन्दा कडा कारबाही गर्न माग गरेका गरेको छ । राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न सरकारसँग जोडदार माग गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro