site stats
बाह्रखरी :: Baahrakhari
देश
नागढुंगा–नौबिसे सडकमा लामो जाम, यात्रुलाई सास्ती
Argakhachi Cement Island Ad

काठमाडौं । नागढुंगा–नौबिसे क्षेत्रको सडकमा हिजोदेखि नै लामो सडक जाम हुँदा यात्रुलाई सास्ती परेको छ । प्रहरीले दिएको जानकारीअनुसार दिउँसोको समयमा बाटो रोकेर कामलाई तीव्रता दिइएको हुँदा बेलुका र बिहान त्यसको चाप पर्ने गरेको थियो ।

तर धार्केमा पुलमा प्वाल परेपछि गरिएको डाइभर्सनका कारण थप समस्या भएको थियो । नागढुंगा नजिकै गएराति एउटा बस नालीमा खसेका कारण जाम थप बढेको थियो । “नागढुंगाभन्दा तल उकालोमा एउटा ट्रक बिग्रिएका कारण रातभर नै समस्याजस्तै भयो,” एक प्रहरीले अधिकारीले भने ।

तस्बिर–शालिग्राम नेपालको फेसबुकबाट 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्