site stats
बाह्रखरी :: Baahrakhari
देश
राजावादीले आगजनी गरेको घरमा जलेर एक पत्रकारको मृत्यु 
तस्बिर– एभिन्युज टीभीबाट

काठमाडौं । राजावादी समूहले आगजनी गरेको घरमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । उनी एभिन्युज टीभीमा कार्यरत पत्रकार भएको जनाइएको छ ।

एभिन्युज टीभीले आफ्नो समाचारमा राजावादीको प्रदर्शनको खबर संकलनका लागि पुगेका पत्रकारको आगजनी गरिएको घरमा जलेर मृत्यु भएको समाचार प्रशारण गरेको छ । प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार घरको चौथो तलामा एउटा शव फेला परेको छ ।

Argakhachi Cement Island Ad

उनले एभिन्युज टीभीमा कार्यरत पत्रकार भएको हुन सक्ने अनुमान भए पनि पुष्टि नभएको बताए । एभिन्युजका पत्रकार शिव दाहालले दिएको जानकारीअनुसार घरको छतमा बसेर आन्दोलन कैद गरेका पत्रकार सुरेश रजक आजगनीपछि सम्पर्कमा थिएनन् ।

रजकका भान्जा राजेशले दिएको जानकारीअनुसार मामा सुरेश रजकको राजावादीले आगो लगाएको घरमा जलेर मृत्यु भएको छ । तर शव नचिनिने अवस्थामा रहेको हुँदा प्रहरीले हस्तान्तरण नगरेको उनको भनाइ छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्