site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्फ्यु आदेशको समयावधि भोलि बिहान ७ बजेसम्म थपियो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि जारी गरेको कर्फ्यु आदेशको समयावधि लम्ब्याएको छ । 

काठमाडौं प्रशासनले अवस्थाको विश्लेषण गर्दै यसअघि जारी भएको कर्फ्यु आदेशको निरन्तरता स्वरुप आज रातिको १० बजेदेखि भोलि बिहान ७ बजेसम्मका लागि लम्ब्याएको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि आज ४:२५ देखि राति १० बजेसम्मका लागि कर्फ्यु लगाएको थियो । राजावदीहरूको प्रदर्शन भएको क्षेत्रमा कर्फ्यु लगाइएको हो । 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौंको बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

485073663_2156397561465209_1357749890802003355_n-1743179728.jpg
 

 

 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro