site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीको टोली भक्तपुर पुग्यो 
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउको तयारी थालेको छ । प्रसाईंलाई पक्राउ गर्न प्रहरीको टोली उनको घर भक्तपुर पुगेको छ । 

गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले प्रसाईंलाई पक्राउ गर्नुपर्ने निष्कर्ष निकालेपछि प्रहरीले उनलाई पक्राउ गर्ने तयारी थालेको हो ।

राजावादीले गरेको प्रदर्शनका क्रममा तीनकुनेमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । केही अझैँ घाइते छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्