देश

काठमाडौं । प्रहरी र राजावादीबीच आज (चैत १५) पुनः झडप भएको छ । तीनकुनेमा रहेका प्रदर्शनकारीले प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडप भएको हो ।
उनीहरूलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको छ । नियन्त्रणमा लिइएकाको परिचय खुलाइएको छैन ।
यसअघि पनि उनीहरू ‘निषेध क्षेत्र’ तोडेर अघि बढ्न खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १३:३५
प्रतिक्रिया दिनुहोस्