site stats
बाह्रखरी :: Baahrakhari
देश
राजावादी समूहले गरे विमानस्थलअगाडि आगजनी, निगमको डिपो सुरक्षित
Argakhachi Cement Island Ad

काठमाडौं । राजावादी समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि आगजनी गरेका छन् । नेपाल नागरिक उड्ड्यन प्राधिकरणको कार्यालयअगाडि र नेपाल आयल निगम अगाडि रहेको चौरमा आगजनी गरेका हुन् ।

आगजनी चौरमा गरेको र आयल निगमको डिपोतर्फ क्षति नभएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । “सडक र अगाडिको चौरमा आगो लागेको छ, निगमको डिपो सुरक्षित छ,” उनले भने, “अप्रिय क्षति नहोस् भनेर दमकल स्ट्यन्डवाइ राखेका छौँ ।”

 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्