site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘अराजक माननीय, कमजोर सभामुख’– प्रधानमन्त्रीको जवाफ ओलीबाट !
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभामा बजेट अधिवेशन चलिरहेको छ ।  बजेट अधिवेशनमा सरकारले सदनमा पेस गरेको आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेटका सिद्धान्तमाथिको छलफलको कार्यक्रम आइतबार बिहान ११ बजेका समय तय गरिएको थियो ।

समय सामान्य अवस्थामा भएको भए सोमबार दुई दिन यो विषयमा छलफल भइसक्ने थियो । तर विषय आइतबार एकाएक अर्कैतिर मोडियो, संसद् न हो ! सरकार सत्तापक्षको सदन विपक्षको भन्ने हाम्रो सामान्य संसदीय प्रणाली छ ।

एमाले सांसदको प्रश्न– संसद्लाई दिउँसै ढाँट्ने ? जनतालाई ढाँट्ने ?

Prabhu Bank
Agni Group
NIC Asia

आइतबारको बैठक सुरु हुनासाथ प्रतिपक्षमा रहेका नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका सांसद एकाएक उभिएर सरकारसँग दुईवटा विषयमा तत्कालै जवाफ माग गरे ।

उनीहरुले जवाफमात्रै होइन सरकारले ‘गम्भीर गल्ती’ गरेको भन्दै जवाफलेमात्रै नपुग्ने संकेत गरिरहेका थिए । विषय थियो– राष्ट्रपतिले जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणीकरण गरेको नागरिकता विधेयक ।

Global Ime bank

भारत भ्रमणबारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

र, अर्को थियो– प्रधानमन्त्रीले भारत भ्रमणमा देखाएको कमजोरी कूटनीति, गरेका सम्झौता र त्यहाँ व्यक्त अभिव्यक्तिविरुद्ध । प्रतिपक्षी दलहरूकै कारण आइतबारको प्रतिनिधिसभा बैठक सञ्चालन हुन नसकेपछि सभामुखले सभा सञ्चालनका लागि पहल थालेका थिए ।

प्रधानमन्त्रीले खोज्दाखोज्दै संसद्‌मा ओली उपस्थित !
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरे संवाद तथा सभामखुले सोमबार बिहान सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेकहरूसँग गरेको छलफलपछि सोमबारको प्रतिनिधि सभा बैठक भने सञ्चालन भयो । प्रधानमन्त्री प्रचण्डले उठेका प्रश्नहरूको जवाफ दिने सहमति भएपछि बैठक सञ्चालन भएको थियो ।

एमालेको प्रश्न– के आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुरा साँट्ने भनियो ?

तर, बैठक सौहार्द वातावरणमा सञ्चालन हुन सकेन । सत्ता र प्रतिपक्षी दलका सांसदहरू दोहोरीमै उत्रिए ।  बैठक सञ्चालनमा सभामुखले पटक पटक कमजोरी गरेको दृष्य देखिन्थ्यो । सांसदहरु आफ्नो कुर्सीबाट उठेर होहल्ला गर्दासमेत सभामुखले समयमा रोक्न सकेनन् ।

प्रतिपक्ष दलका सांसदहरूले ‘धैर्यता गुमाउँदै’ नियमापत्तिको नाममा विरोध जनाइरहे । त्यसको प्रतिवादमा सत्तारूढ दल माओवादी उत्रिरह्यो ।  माओवादी सांसदहरुले पनि आफूहरु सत्तापक्ष अर्थात् प्रधानमन्त्री सम्हालेको दलको रुपमा आफूलाई उभ्याएनन् ।

तीन महिनाभित्र पञ्चेश्वरको डीपीआर, एक वर्षभित्र लगानी मोडालिटीमा सहमति

संसद्को पहिलो दल तथा सत्ता साझेदार कांग्रेस भने रमितेमात्रै बन्यो । ११ बजे बिहानका लागि बोलाइएको बैठक केही ढिला गरी सुरू भएको थियो । बैठक सुरूहुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोधमा उत्रिए । 

सभामुख घिमिरिले एमाले सांसद योगेश भट्टराईलाई बोल्ने मौका दिएपछि बैठक अघि बढेको थियो ।  भट्टराईले सरकारबाट संसद्लाई र जनतालाई दिउसै ढाँट्ने काम भएको भन्दै नागरिकता विधेयक प्रमाणीकरण भएकोमा आपत्ति जनाए । 

samsad11685973039.jpg

मोदीसँगको भेटघाट सबैभन्दा महत्त्वपूर्ण : प्रधानमन्त्री

उनले मृत भइसकेको विधेयक ब्युँताउने तागत प्रधानमन्त्रीलाई भए द्वन्द्वकालमा मृत भएका १७ हजारलाई उठाइदिऊँ भन्दै कडा स्वरमा विरोध जनाए । सांसद भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमण र सीमाको विषयमा प्रश्न उठाउँदै प्रधानमन्त्री प्रचण्डलाई सीमा नाका र जग्गा सट्टा भर्ना गर्ने अधिकार नभएको बताए । 

त्यसपछि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री प्रचण्ड रोस्ट्रममा गए । उनले नागरिकता विधेयक प्रमाणीकरणदेखि आफ्नो भारत भ्रमण र भएका उपलब्धिहरूको जानकारी गराए ।  रोस्ट्रममा उभिएर प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा महत्वपूर्ण उपलब्धी भए पनि प्रचार भने गलत भएको भन्दै दुखेसो पोखे । 

भारतीय प्रधानमन्त्रीबाट सीमासम्बन्धी स्पष्ट विचार पहिलोपटक आयो : प्रधानमन्त्री प्रचण्ड

भारत भ्रमणका क्रममा ‘सिमानाका विषयमा यताउता गरियो कि’ भनेर प्रश्न उठाइँदा चिन्तित भएको भन्दै उनले सीमा समस्या समाधान गर्ने विषयमा पहिलोपटक गम्भीर रूपमा कुरा गर्दा पनि जस नपाएको दुखेसो उनको थियो । 

उनले आफूलाई सबैले धन्यवाद र बधाई दिन्छन् होला भन्ने सोचेर आएको समेत बताए । उनले प्रतिपक्षीले भनेजस्तो आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतलाई दिएर बंगलादेशसम्म पुग्न मार्ग मागेको कुरामा सत्यता नभएको दाबी गरे । 

भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने भएपछि लगानी बढ्छ : प्रधानमन्त्री

आफूले मिचिएको भूमि नेपालको हो भनेर स्थापित गर्न भूमिका खेलेको भन्दै उनले बंगलादेश मोडल आफ्नो नभएको पनि बताए ।  उनले बंगलादेश जाने बाटोको विषयमा एमाले निकट वुद्धिजीवीहरूले आफूलाई भनेको भन्दा अप्ठ्यारो पारिएको बताए । 

“मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्ताव गरेको छैन । यो प्रस्ट होस् । कहीँ कतै कन्फुयजन नरहोस् । नेपालको भूमि हो भन्ने स्थापित गर्ने कुरा ठूलो हो, मैले त्यहीअनुसार भूमिका खेलेको छु,” उनले भने, “तथ्य र तर्कलाई घुमाउने कोसिस नगरौँ । यसपटकको भारत भ्रमण सफल मात्र भएन परिणाममुखी भयो ।”

raswapa1685973037.jpg

यति प्रष्टसँग सीमा विवादबारे खुलस्त राखिएको पहिलोपटक हो : प्रधानमन्त्री

साथै, आफूलाई मुर्रा जातको भैँसी ल्यायो भनेर गलत प्रचार गरेको भनेपछि संसद्को हासो छाएको थियो । उनले मुर्रा जातको राँगो ल्याउने सहमति सातवर्ष अघिकै भएको बताएका थिए । 

अनि भयो संसद्मा हंगामा...
प्रधानमन्त्री प्रचण्डले संसदलाई सम्बोधन गरेपछि सांसदहरूले प्रश्न सोधेका थिए ।  सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ बताएपछि माओवादीले सांसदहरूले उठेर विरोध गरे । 

खनालले बोली नसक्दै संसदमा सत्ता र विपक्षी दलका सांसदहरू वादविवादमा उत्रिए । सो क्रममा बैठक केही समय प्रभावित भयो । त्यसपछि सभामुखले माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । 

प्रधानमन्त्रीले भारतसँग मागे रामायण सर्किटका परियोजनासहितमा अनुदान 

उनले ‘भैँसी चढेर आएको’ शब्दावली हटाउन माग गरे । उनले यति बोलेपछि प्रतिपक्षका सांसदहरू झन् उग्र रूपमा प्रस्तुत भए ।  सो क्रममा भैँसी चढेर आएको शव्द रेकर्डबाट हटाउन सभामुख घिमिरेले रूलिङ गरेपछि वातावरण अझ बिग्रियो ।

रास्वपा सभापति समेत रहेका सांसद रवि लामिछानेले सभामुखको भूमिकामा प्रश्न उठाए र प्रधानमन्त्रीले आफैँले रोस्ट्रममा उठाएको भैँसीको विषयलाई पनि रेकर्डबाट हटाउन माग गरे । 

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको छु : प्रधानमन्त्री 

सभामुख घिमिरेले आफ्नो रूलिङ सच्याउँदै भैँसी प्रयोग भएका विषयहरू हटाउन निर्देशन दिए । 

प्रधानमन्त्रीलाई जवाफ दिन पनि एमालेको अवरोध 

सोमबारको प्रतिनिधिसभा बैठक असहजताकैबीच अघि बढ्यो ।  सांसदहरूले उठाएको प्रश्नको जवाफ दिइरहेका प्रधानमन्त्री प्रचण्डलाई एमाले सांसदहरूले पटक पटक बोल्नबाट अवरोध गरे ।  संसद्को नियमावलीअनुसार प्रधानमन्त्रीलाई ‘स्पष्टीकरण’ सोधिसकेपछि पुनः प्रश्न गर्न पाइँदैन । तर, सोमबारको संसद् बैठकमा एमालेले भने नियमावली मानेन । 

बंगलादेश मोडलको कुरा मैले भनेको होइन, विज्ञका सुझाव यस्ता छन् मात्र भनेको हुँ : प्रधानमन्त्री

प्रधानमन्त्रीले ‘संसद्ले दुईपटक पारित गरेर राष्ट्रपतिसमक्ष पठाइएको विधेयक यो संसद्मा विचाराधीन होइन’ भन्ने तर्क गरेपछि एमालेका सांसदहरूले होहल्ला गरेका थिए ।  सभामुख देवराज घिमिरेले पटक–पटक प्रधानमन्त्रीलाई कुरा राख्न दिन अग्रह गर्दासमेत उनीहरूले अटेर गरे । 

pms1685973035.jpg

मैले नेपाली भूमि सट्टापट्टाको प्रस्ताव गरेको छैन : प्रधानमन्त्री प्रचण्ड

सांसद सूर्य थापाले प्रधानमन्त्रीको भनाइप्रति खेद प्रकट गर्दै संसद्मा विचाराधीन विधेयक संसद्सँगै निष्क्रिय भए पनि प्रधानमन्त्रीले ढाँटेको नियमावलीको दफा कोट गरेर विचाराधीन भनेका थिए । 

जसमा सभामुखले कुनै प्रतिक्रिया जनाएनन् । यस्तै सांसद रघुजी पन्तले सरकारले निर्णय गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेका विषयमा सर्वोच्च अदालतले अन्तरकालीन आदेश जारी गरिसकेको अवस्थामा प्रधानमन्त्रीले बोल्न नमिल्ने तर्क गरे ।

अनि बोल्यो कांग्रेस...

विरोधकैबीच सभामुख घिमिरेले नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्मालाई बोल्ने समय दिए । शर्माले सत्तापक्ष र प्रतिपक्ष दुवै आवेगमा आएको भन्दै आवेग त्याग्न आग्रह गरे ।  उनले आवेगलाई तिलाञ्जली दिऔँ भन्दै नागरिकता विधेयकमा एमालेका सांसद सूर्य थापाले दिएको अभिव्यक्तिमा संविधानले सभामुखको नाम नभएर सभामुख पदलाई चिन्ने बताए ।

मुर्रा राँगाको विषय आएपछि संसद्‍मा हाँसो

त्यसपश्चात् सभामुख घिमिरेले संसद् सहज रूपमा अघि बढाउन आग्रह गरे ।  उनले रोस्ट्रममा उभिइरहेका प्रधानमन्त्रीले बोल्न नपाएको भन्दै आफूलाई लागेका कुराहरूलाई आपत्तिजनक र भावनात्मक उत्तेजनामा आएर तर्क विर्तक नगर्न आग्रह गरे ।

“अहिले हाम्रो विषय सार्वजनिक महत्वको वक्तव्यमार्फत् आइरहेका विषयमा प्रधानमन्त्रीजीले आफ्ना कुरा राखिरहनुभएको छ । सन्दर्भबस नियमसँग नजाने कुरा आपत्तिजनक उठेका कुराहरूलाई हामीले हामीसँग भएको नियमावलीबाट गाइड गरेर कामहरू गरिरहेका छौं । यसमा भाव र उत्तेजनामा आएर आफुना तर्क र विर्तकहरू यहीँ जुधार यहीँ टुंगो लगाउने गरि गएर यो समस्याको समाधान हुनेवाला छैन,” घिमिरेले भने । 

प्रधानमन्त्री भन्छन्– सर्वोच्चको आदेश मानिहाल्छौँ, किन यहाँ नागरिकतामा विवाद गर्ने ? 
उनले प्रधानमन्त्रीलाई समेत नागरिकता विधेयकको विषयमा अदालतले अन्तरिम आदेश दिएको अवस्थालाई ध्यानमा राखेर आफ्नो कुरा बैठकमा राख्न निर्देशन दिए । 

प्रधानमन्त्रीले ‘तत्कालीन राष्ट्रपतिले संविधान मिचेकै हो’ भनेपछि...

स्थिति सहज बनेपछि बोलेका प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणको बारेमा स्पष्ट पार्ने प्रयास गरिरहे । प्रधानमन्त्री प्रचण्डले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान मिचेको बताए ।

रास्वपा सांसदले 'भैँसी चढेर आएको' बताएपछि माओवादी सांसदहरूले गरे विरोध

एमाले सांसदहरूले विधेयकका विषयमा नभएर प्रक्रियाका विषयमा प्रश्न राखेपछि त्यसबेला एमालेले प्रक्रियालाई ध्यान नदिएर राष्ट्रपतिलाई उकास्ने भूमिका खेलेको सन्देश दिने प्रयास गरेको उल्लेख गरे । 

“तपाईंले कन्टेन्टमा होइन प्रक्रियामा हो प्रश्न उठाएको भन्नुभयो, धन्यवाद ! नागरिकता विधेयक दुईदुई पटक संसद्बाट पारित भएर राष्ट्रपतिकोमा गएको थियो,” प्रधानमन्त्रीले भने, “उहाँले होल्ड गर्नुभयो, गर्नुहुँदैनथ्यो । संविधान उहाँबाट मिचिएको थियो ।” 

रास्वपा सांसदले बोलेको 'भैँसी चढेर आएको' शब्दावली हटाउन सभामुखको निर्देशन

प्रधानमन्त्री दाहालले संविधानको संरक्षकबाटै संविधान मिचिएका कारण समस्या परेको बताए । प्रधानमन्त्री प्रचण्डले विधेयक संसदीय प्रकृयाबाट अघि बढाएको भए र अघिल्लो राष्ट्रपति भण्डारीले जस्तै अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले पनि नागरिकता विधेयक होल्ड गरे के हुन्छ भन्दै प्रश्न गरे । 

“हामीले प्रतिनिधि र राष्ट्रियसभाबाट विधेयक पारित गरेर पठायौँ, फेरि दराजमा गएर थन्कियो भने हाम्रो हालत के हुन्छ,” उनले प्रश्न गरे, “हाम्रो लोकतन्त्रको भविष्य के हुन्छ ? हाम्रो यो संविधानको भविष्य के हुन्छ ? भन्ने प्रश्नलाई सबैले गहिरोसँग विचार गरौँ त ।”

रवि लामिछानेको प्रश्न– के सदनमा मजाक चलिरहेको छ ?

अनि सभामुखले ओलीलाई दिए समय 

सामान्यतः प्रधानमन्त्रीले आफ्ना धारणा राखिसकेपछि त्यसमाथि सोही बैठकमा लगत्तै टिप्पणी नहुने संसदीय अभ्यास रहीआएको छ ।

तर सभामुखले त्यसलाई ख्याल नगरी प्रधानमन्त्रीलाई लामो समय सांसदहरुबाट र्‍याखर्‍याख्ती पारेपछि फेरि प्रतिपक्ष दलका नेता अर्थात् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बोल्न समय उपलब्ध गराए ।

सभामुखको भूमिकामा रवि लामिछानेले उठाए प्रश्न

ओलीले आफ्नो अवधिभर सरकारको तिखो आलोचना र प्रधानमन्त्रीको भारत भ्रमणप्रति कटाक्षमात्रै गरिरहे ।  हेर्दा लाग्थ्यो–प्रधानमन्त्रीको जवाफ प्रमुख प्रतिपक्ष दलको नेताले दिइरहेका छन् । भारतीय समकक्षी नरेन्द्र मादीसँगको भेटमा छोरी गंगा दाहाललाई कुन हैसियतमा राखेको भन्दै प्रश्न गरेर सम्बोधन सुरु गरेका ओलीले प्रधानमन्त्रीको फिलिङ्स डरलाग्दो भएको टिप्पणी गरे ।

‘१५ राँगा ल्याउने उपलब्धिबाहेक केही भएन’ : प्रधानमन्त्रीको जवाफपछि संसद्मा कसले के भने ?

“तपाइँको फिलिङ्स प्रकटीकरण हो त्यो, जुन दिल्लीमा देखियो तपाइँले अभिव्यक्ति दिनुभयो त्यो डरलाग्दो कुरा हो, ” ओलीको भनाई थियो, “बुद्धिजीवीले काठमाडौंमा भनेका थिए भनेर दिल्लीमा किन भन्नुपरेको ? तपाईँको बिगुल फुक्ने ठाउँ हो दिल्ली ?”

congress1685973035.jpg

उनले प्रश्न प्रधानमन्त्रीलाई भन्दा पनि राष्ट्रिय स्वाभिमानको भएको बताउँदै प्रधानमन्त्री हेपिनुभयो कि भन्ने चिन्ता आफूहरुमा रहेको टिप्पणी गरे । ओलीले लामो समय प्रधानमन्त्रीको भारत भ्रमणको आलोचनामा खर्चिएपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउमा उभिए ।

गोकुल बास्कोटाको प्रश्न– राष्ट्रपतिलाई बडामहाराजधिराज बनाइएको हो ?

उनले सत्ता पक्षले पटक पटक बलमिच्याइँ गर्ने, पाखुरा सुर्किने गरेको भन्दै कटाक्ष गरे । उनले तत्कालीन सभामुख अग्नि सापकोटासहित गठबन्धनको चर्को आलोचना गर्दै भण्डारीको बचाउ गरिरहे ।

“यही रोष्ट्रममा उभिएर कतिपटक भनेको छु मान्छे र मुख हेरेर निर्णय नगरौँ भनेर,” उनले भने, “सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई भोलि फलानो मुद्दा आउँदैछ भनेर अघिल्लो दिनमा महाभियोग दर्ता गर्छ गठबन्धन । प्रधानन्यायाधीशको महाभियोग ६ महिना पूरै घर्रामुनि राखियो । सभामुखले यहाँ (प्रचण्ड) को निर्देशनमा गरेको होइन ? सत्ताको निर्देशनमा गैरकानुनी क्रियाकलाप गर्न मिल्दैन । सभामुखलाई विचरा बनाउनुभयो । पदीय कर्तव्य पालना गर्न दिनुभएन । कति लोकतान्त्रिक काम हो त्यो ? भूत भइसकेको कुन सभामुखले प्रमाणित गर्नुभयो ? कस्तो सभामुख ? कुन संसद्मा अग्नि सापकोटा हुनुहुन्थ्यो ? उता बसेका साथीहरुले देख्नुभएको थियो ? उहाँहरुले संसद्मा छलफल गर्न पाउनुपर्छ कि पर्दैन ? तास फिटेजस्तो फिट्ने कुरा होइन । संसद्को विशेषाधिकारको कुरा हो । ”

अमरेशको प्रश्न– नेपालमा लगाउँदा लाज हुने गेरु वस्त्र भारतमा कसरी ड्रेसकोड भयो ?

उनले पूर्वराष्ट्रपति रामवरण यादवले पनि विधेयक रोक्दा कसैले विरोध नगरेको भन्दै राष्ट्रपति भण्डारीले त्यसबेला संसद्लाई सोधेका प्रश्नको जवाफ नदिएर मुढेबलमा जवाफ दिएको बताए ।
 

पूर्वराष्ट्रपतिको बचाउमा ओलीले भने, ‘सदनमा भाषण गरेर प्रधानमन्त्रीले पूर्वराष्ट्रपतिमाथि हमला गर्नुभयो’

“सम्माननीय रामवरण यादवले मलाई मन नपर्ने मुद्दा फिर्ता गर्दिनँ भन्नुभयो,” ओलीको भनाइ थियो, “राष्ट्रपति रामवरण यादवले विधेयक रोक्दा किन कोही बोल्नुभएन ? राष्ट्रपतिको संवैधानिक हक हो पुनर्विचार गर्ने  । संसद्ले नचिनेका व्यक्तिहरुले बाहिर बसेर निर्णय गर्नुभयो । त्यो पेलेर पास भएको होइन ?” 

 

प्रधानमन्त्रीको अभिव्यक्तिमा सूर्य थापाले गरे खेद प्रकट

संसद्समक्ष १५ बुँदा विचार गरेर जवाफ पठाउनुस् भन्दा बाहिर निर्णय गरेर राष्ट्रपतिका कुरा सुनिँदैन भनेर गठबन्धनले अहंकार देखाएको ओलीको धारणा थियो ।

भारत भ्रमणमा राजा र हिन्दु धर्मबारे एक शब्द उच्चारण भएन : प्रधानमन्त्री

“जिमखानाको मशल देखाएको होइन ? राष्ट्रपतिको अपमान गरेको होइन ? सत्ता गठबन्धनले देखाएको अपमान होइन त्यो ?,” ओलीको प्रश्न थियो, “मैले सोधेका प्रश्नमाथि संसद् बोल्न पर्थ्यो । राष्ट्रपतिको संस्थाले होल्ड गरेपछि पहिलो अधिवेशनमा किन दर्ता गर्नुभएन ? किनकि पूर्वराष्ट्रपतिमाथि हमला गर्नुथियो । पूर्वराष्ट्रपतिको विरोध गर्न ताली ठोकाउनका लागि दुई दुई पल्ट पास गरेर पठाएको भन्न मिल्छ ?”

सत्तापक्ष र प्रतिपक्ष दुवैको आवेगलाई तिलाञ्जली दिऔँ : विश्वप्रकाश शर्मा

दाहाललाई नागरिकता विधेयक पनि भारतको निर्देशनमा प्रमाणीकरण भएको भन्दै आलोचना गरे । ओलीको सम्बोधनमा रास्वपा, राप्रपालगायतका दलका सांसदहरुले लगातार समर्थन गरेका थिए ।

“भारत भ्रमणको दुईघण्टा अघि लाहछाप लगाएर खल्तीमा हालेर जानुभयो भन्ने आरोप छ,” ओलीले भने, “तपाइँलाई त मजा छ नि एमाले चाखेर फाल्नुभयो, रास्वपा चाखेर फाल्नुभयो, जनमत र राप्रपा चाखेर फाल्नुभयो । सधैँ यस्ता दिन आउँदैनन् ।”

म धर्मनिरपेक्षतावादी हुँ, सबैलाई सम्मान गर्छु : प्रचण्ड

ओलीले अदालतले अन्तरकालीन आदेश दिइसकेको नागरिकता विधेयकमा प्रधानमन्त्री प्रचण्ड बोलेर पूर्वराष्ट्रपतिमाथि हमला गरेको टिप्पणी गरेका हुन् । 

“यत्रो भाषण गर्नुको पछाडि प्रधानमन्त्रीज्यू यहाँको उद्देश्य पूर्वराष्ट्रपतिमाथि हमला गर्नु थियो,” उनले भने, “अदालतले स्टे अडर गरिसकेको विषयलाई अब त्यहाँ हेरौँ के हुन्छ । त्यसपछि निर्णय गरौला भनेर टुंगो लागउन सक्नुहुन्थ्यो । तर त्यस अवसरलाई पूर्व राष्ट्रपतिको विरोध गर्नुभयो ।”

प्रधानमन्त्रीले ‘तत्कालीन राष्ट्रपतिले संविधान मिचेकै हो’ भनेपछि...

पूर्वसभामुख दमन्नाथ ढुंगानाले संसद्को बैठक हेर्दा सभामुख, सत्ता र प्रतिपक्ष सबैको कमजोरी देखिएको औँल्याउँछन् ।

प्रधानमन्त्रीको प्रश्न : फेरि राष्ट्रपतिले नागरिकता विधेयक होल्ड गरिदिए के हुन्छ ?

“सभाभुख भनेको कतिपय अवस्थामा हाउसबाट गाइडेड हुने होइन, हाउसलाई सही बाटोमा गाइड गर्ने नेता हो,” उनको भनाई छ, “पछिल्लो समयमा संसद्को रेकर्डबाट हटाउने कुरा भनेर जो आइरहेको छ  । यो अत्ति भइसकेको छ, एकप्रकारले भोर जुवा जस्तो भइसकेको छ । आज भैँसी पनि हटाइयो होइन ? भोलि संसद् नै हटाउनु भनिदेला एउटाले, हटाइदिने ? त्यसकारण मैले यसलाई भोर जुवाको रुपमा लिएको छु, यो अनुशासन र मर्यादा भंगको एउटा चरम अवस्थामा उक्लदैछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC