site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अमरेशको प्रश्न– नेपालमा लगाउँदा लाज हुने गेरु वस्त्र भारतमा कसरी ड्रेसकोड भयो ?
फाइल तस्बिर र
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भारत भ्रमणका क्रममा महाकालेश्वर मन्दिरको दर्शन ‘पुष्पकमल दाहालको हैसियतमा गरेको कि प्रधानमन्त्रीको हैसियतमा ?’ भनेर प्रश्न गरेका छन् । 

देशको संविधान धर्म निरपेक्ष रहेको भन्दै उनले प्रधानमन्त्रीका रूपमा गेरु वस्त्र धारण गरेर दर्शन गर्न नपाउने बताए । 

“प्रधानमन्त्री भारत भ्रमणका क्रममा महाकालेश्वरको दर्शन गर्न गेरु वस्त्र लगाएर जानुभयो । नेपालको संविधान धर्म निरपेक्ष छ । उहाँ पुष्पकमल दाहालको रूपमा जानुभयो कि नेपालको प्रधानमन्त्रीको रूपमा ?,” सिंहले भने, “उहाँको मन्त्रिपरिषद्का सबैले एउटै ड्रेसकोडमा देखिनुभएको छ । यहाँ लगाउँदा उहाँहरूलाई लाज हुन्छ, अनि त्यहाँ गएपछि ड्रेसकोड हुन्छ ?”

Prabhu Bank
Agni Group
NIC Asia

उनले महाकालेश्वर मन्दिरमा त्यस्तो ड्रेसकोड नभएको पनि दाबी गरे । 

“म केही वर्ष अघि यही दर्शन गरेको छु, त्यहाँ कुनै ड्रेसकोड छैन,” सिंहले भने, “भारतमा एउटा पद्मनाभम मन्दिरमा मात्र ड्रेसकोड छ । जहाँ धोती नलगाई जान पाइँदैन ।”

Global Ime bank

उनले नेपालका १० प्रधानमन्त्रीको भारत भ्रमणमा पञ्चेश्वर बहुउद्देश्य आयोजनाको डीपीआर ६ महिनाभित्र गर्ने सहमति हुने गरेको भन्दै त्यो ६ महिना कहिले पुग्छ भन्दै प्रश्न उठाए । 

“नेपालका १० प्रधानमन्त्री भारतमा जाँदा पञ्चेश्वर ६ महिनाभित्र डीपीआर बनाउने सहमति हुने गरेको छ । त्यो छ महिना कहिले पुग्छ ?,” सिंहले भने, “अहिले तीन महिनामा भन्नुभएको छ । के त्यो बन्ने परियोजना हो  ?”

सांसद सिंहले भारतीय कम्पनीलाई सन २००८ मा माथिल्लो कर्णाली परियोजना निर्माण्का लागि दिइएको भन्दै त्यसको निर्माण किन हुन नसकेको भन्दै प्रश्न उठाए । 

“खाली योजना ओगट्न सम्झौता हुन्छ कि काम गर्न ?,” सांसद सिंहले प्रश्न गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !