site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने भएपछि लगानी बढ्छ : प्रधानमन्त्री
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने सहमति भएको बताएका छन् । भारत भ्रमणबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले दुईपक्षीय ऊर्जा व्यापारका लागि ट्रान्समिसन लाइन निर्माणका विषयमा पनि बलियो सहमति भएको बताए । 

“दुईपक्षीय ऊर्जा व्यापारका लागि ट्रान्समिसन लाइन विस्तारका लागि बलियो सहमति बनेको छ । भारतीय प्रधानमन्त्रीले आगामी १० वर्षभित्र १० हजार मेगावाटा विद्युत् खरिद गर्ने सहमति जनाउनुभएको छ,” प्रधानमन्त्री दाहालले भने, “लगानीकर्ताहरूले उत्पादित विद्युत्को व्यापार सुनिश्चित हुने भएपछि मात्र लगानी गर्ने भएकोले हामीले विद्युत् निर्यातको सुनिश्चितता खोज्नु आवश्यक थियो । अहिलेको समझदारीले जलविद्युत् क्षेत्रमा थप लगानी हुने विश्वास लिइएको छ ।”

प्रधानमन्त्री दाहालले नेपाल भारत सीमावर्ती क्षेत्रमा बाढी र डुबान नियन्त्रणका लागि छलफल भएको भन्दै तत्काल द्विपक्षीय संयन्त्रले काम थाल्ने समझदारी भएको जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्