site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको प्रश्न : फेरि राष्ट्रपतिले नागरिकता विधेयक होल्ड गरिदिए के हुन्छ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक संसद्बाट पुनः अघि बढाउँदा अघिल्लो राष्ट्रपतिले जस्तै दुई–दुईपटक विधेयक होल्ड गरिदिए के हुन्छ भन्दै प्रश्न गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सबै प्रकृया पुर्याएर राष्ट्रपतिकहाँ पठाएपछि अहिलेका राष्ट्रपतिले पनि पहिलेजस्तै विधेयक होल्ड गरे के हुन्छ भन्दै प्रश्न गरे ।

“हामीले प्रतिनिधि र राष्ट्रियसभाबाट विधेयक पारित गरेर पठायौँ, फेरि दराजमा गएर थन्कियो भने हाम्रो हालत के हुन्छ,” उनले प्रश्न गरे, “हाम्रो लोकतन्त्रको भविष्य के हुन्छ ? हाम्रो यो संविधानको भविष्य के हुन्छ ? भन्ने प्रश्नलाई सबैले गहिरोसँग विचार गरौँ त ।”

यसो भएमा लोकतन्त्र र संविधानविरुद्ध नजिर बस्ने उनले जिकिर गरे । यसले संविधान र व्यवस्थामाथि घात हुने उनको भनाइ छ । 

अहिलेको प्रकृयाले संविधान र लोकतन्त्र ट्रयाकमा आएको र राष्ट्रपतिले संविधानलाई डिरेल उत्पन्न गराउने खतरा टरेर गएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro