site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्तापक्ष र प्रतिपक्ष दुवैको आवेगलाई तिलाञ्जली दिऔँ : विश्वप्रकाश शर्मा
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद् विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रश्नको जवाफ दिँदादिँदै होहल्ला भएपछि सत्तापक्ष र प्रतिपक्ष दुवै आवेगमा आएको बताएका छन् । 

सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि उनले आवेग त्याग्न आग्रह गरे । 

“हामी दुवै पक्ष आवेगमा गएका छौँ । सत्तापक्ष र विपक्षलाई विधेयकमा भएको विषयमा गम्भीर छलफल गरौँ । आवेगलाई तिलाञ्जली दिऔँ,” उनले भने, “प्रधानमन्त्रीले संसद्को रोस्टममा बोल्दै गर्दा सही भएको छ भनेर उताबाट पनि कसैले भन्न सक्नुहुन्न ।”

उनले नागरिकता विधेयकमा एमालेका सांसद सूर्य थापाले दिएको अभिव्यक्तिमा उनले संविधानले सभामुखको नाम नभएर सभामुख पदलाई चिन्ने बताए । 

"उहाँले विलकुल सही कुरा उठाउनुभएको छ । तर, यसले सदनको सभामुखलाई चिन्छ । व्यक्तिलाई चिन्दैन,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro