site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारतीय प्रधानमन्त्रीबाट सीमासम्बन्धी स्पष्ट विचार पहिलोपटक आयो : प्रधानमन्त्री प्रचण्ड
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमाबारे भारतीय प्रधानमन्त्री नरेन्द मोदीले स्पष्ट पारेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारत भ्रमणबारे जवाफ दिँदै उनले सीमा समस्या समाधानका लागि गम्भीर ढंगले आग्रह गरिएको बताए ।

“भेटवार्ताका क्रममा सीमासम्बन्धी विषयमा गम्भीर रूपले छलफल भएको छ । सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिमार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई गम्भीर ढंगले आग्रह गरेको छु,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भारतीय प्रधानमन्त्रीबाट सीमासम्बन्धी स्पष्ट विचार आउनु सकारात्मक भएको बताए ।

“प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायत थाती रहेका सबै विषयमा समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नुभएको छ,” उनले भने, “लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमासम्बन्धी स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ।”

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्