विदेश

काठमाडौं । पाकिस्तानका उपप्रधान एवं विदेशमन्त्री इसहाक डारले आफ्नो देश र भारत ‘पूर्ण र तत्काल युद्धविराम गर्न सहमत’ भएका बताएका छन् । शनिबार (मे १०) सामाजिक सञ्जाल एक्समार्फत उनले यस्तो जानकारी गराएका सीएनएनले जनाएको छ ।
उनले लेखेका छन्, “पाकिस्तान र भारतले तत्काल लागु हुने गरी युद्धविराममा सहमति जनाएका छन् । पाकिस्तानले सधैँ आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी यो क्षेत्रमा शान्ति र सुरक्षा चाहेको छ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि भारत र पाकिस्तान युद्धविराममा सहमत भएका घोषणा गरेका थिए ।
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२ १८:३२
प्रतिक्रिया दिनुहोस्