site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘चैत १५ जन्माउने मातापिता को ? तीनकुनेका भवनले वाक्क लागेर आत्मदाह गरेका हुन् ?’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कसैको हक अधिकार नखोसेको बताउँदै गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताए ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले प्रश्न गरे, “चैत १५ को योजनाकार को हो ? चैत १५ जन्माउने मातापिता को ? तपाईं हो ? भन्दा म होइन भन्छ ? के ती घर आफैँ दशा लागेर जले ? जडिबुटीको औषधी कारखाना दिक्क लागेर आत्मदाह गरेको हो ? जलाउने मान्छे को हो ?”

Argakhachi Cement Island Ad

उनले संविधानको धारा २७० ले सबैलाई हक अधिकार दिएको बताउँदै भने, “एकजना माननीयले बोलेको सुनेँ– कि राजा ल्याउने सम्झौता गर होइन भने भाग्न तयार होऔ ? ढलेको मक्केको संस्थाबाट नेपाली जनतालाई ललकार्ने ? नेपाली जनता भाग्ने छैनन् । यस देशका सबैभन्दा बढी हकदार हुन् । नेपाली जनता भाग्ने होइन । हामीलाई भनेको हो ? भाग्ने भनेको ।”

उनले राप्रपाका सांसदहरुप्रति संकेत गर्दै भने, “तपाईंहरु जवान हुनुहुन्छ भाग्न मिल्छ । हामी बूढा कहाँ भाग्ने ? संविधानको उल्लेख गर्ने संविधान नमान्ने ? चाहिएको बेला त्यही संविधानको धारा चाहिँदो रहेछ त !”
 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्