राजनीति
काठमाडौं । मुर्रा राँगाको विषय आएपछि प्रतिनिधिसभामा हाँसो छाएको छ ।
प्रधानमन्त्रीले सम्बोधन टुग्याउँदै गर्दा फ्लोरबाट कसैले 'भैँसी, भैँसी' भनेको थियो । त्यसपछि प्रधानमन्त्रीले 'भैँसी' उच्चारण गर्न बित्तिकै सांसहरू हाँसेका थिए ।
"यो भैँसीको कुरा अहिले भएको कुरा होइन । सात वर्ष अगाडि नै मुर्रा भैँसी ल्याउने समझदारी भएको रहेछ । आएको मात्रै अहिले हो । मान्छेले मलाई भैँसी चढाएर हिँडाएका छन्," प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीले यति भनिसकेपछि सांसदहरू फेरि हाँसेका थिए ।
त्यसपछि कसैले 'राँगा' भनेपछि प्रधानमन्त्री भने,"राँगा, राँगा नै हो । मुर्रा हो, मुर्रा ।"
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १२:५५
प्रतिक्रिया दिनुहोस्