site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोदीसँगको भेटघाट सबैभन्दा महत्त्वपूर्ण : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनेमा केन्द्रित रहेको बताएका छन् ।

भारत भ्रमणबारे प्रतिपक्ष दलले प्रश्न उठाएपछि सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले आपसी विश्वास बढाउँदै छलफल गरिएको सुनाए ।

“भ्रमण आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनेमा केन्द्रित रह्यो । विशेष गरी आर्थिक मामिलामा राष्ट्रको दीर्घकालीन हितमा सम्झौताहरू भएका छन् भने राजनीतिक मामिलामा आपसी विश्वास बढाउँदै छलफल र वार्ताद्वारा निकास खोज्ने दिशामा अर्थपूर्ण प्रतिबद्धता व्यक्त भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने ।

उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाट सबैभन्दा महत्त्वपूर्ण भएको सुनाए । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तामा व्यापार, ऊर्जा, लगानी प्रवद्र्धन, ऊर्जा व्यापार तथा अन्तरदेशीय प्रसारणलाइन, सिँचाइ, बाढी, कृषि, रेलवे सेवाजस्ता विषयमा सकारात्मक र अर्थपूर्ण छलफल भएको उनको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro