site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको छु : प्रधानमन्त्री 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको बताएका छन् । 

आज प्रतिनिधिसभा बैठकमा उनले भ्रमणका क्रममा मोदीलाई भ्रमणको निम्तो दिएको बताएका हुन् । 

“मैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई नेपाल भ्रमणको निम्तो दिएको छु,” उनले भने, “भारतका प्रधानमन्त्रीले आफूले सन् २०१४, २०१८ र २०२२ मा नेपालको भ्रमणको स्मरण गर्दै नेपालको भ्रमणलाई ठूलो महत्त्व दिएको  र उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताउनुभएको छ ।”

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्