site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानविरुद्धको स्ट्राइकलाई भारतले भन्यो– ‘अपरेशन सिंदुर’ 

काठमाडौं । मध्यरातमा पाकिस्तानका कम्तिमा पाँच स्थानमा भारतीय सेनाले आक्रमण गरेको छ ।

पाकिस्तानी इन्टर सर्भिस पब्लिक रिलेसन (आईएसपीए) का निर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यम डानले जनाएअनुसार आक्रमणमा  तीन जना पाकिस्तानी नागरिकको मृत्यु भइसकेको छ ।

आक्रमणबाट हालसम्म १२ जना घाइते भएका छन् ।

भारतको यो आक्रमण वस्ती क्षेत्रमा भएको जनाइएको छ । भारतले यसलाई ‘अपरेशन सिंदुर’ भनेको छ ।

बीबीसीका अनुसार भारतले यो अपरेशन कश्मीर क्षेत्रमा गरेको छ । जहाँ भारतमाथि हमलाको आक्रमण बनेको थियो । त्यहीँबाट आक्रमण  सुरु गरेको समाचारमा जनाइएको छ ।

भारतको कस्मिर पहलगाममा पयर्टकमाथि भएको आतंककारी आक्रमणको बदलमा भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको हो । भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ । उक्त आतंककारी हमलामा एक नेपालीसहित कुल २६ जनाको निधन भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro