site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘१५ राँगा ल्याउने उपलब्धिबाहेक केही भएन’ : प्रधानमन्त्रीको जवाफपछि संसद्मा कसले के भने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा भएको सम्झौता र नागरिकताका विषयमा संसद्लाई ढाँटेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण र नागरिकता विधेयकलगायत विषयमा जानकारी गराएका थिए । त्यसपछि प्रश्न गर्दै सांसदहरूले प्रधानमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको र संसद्लाई ढाँट्ने काम गरिएको बताए ।

नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सीमाका विषय, हवाई रुट, पञ्चेश्वर परियोजनालगायत विषयलाई ओझेलमा पारिएको बताए । १५ राँगा ल्याउने उपलब्धिबाहेक केही नभएको उनको आरोप छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले  दुई/चार क्विटल प्याज, चिनी, लसुन ल्याउने सम्झौता हुने हो कि भन्ने आफूलाई लागेको बताए ।

एमालेकै सांसद रघुजी पन्तले सदनलाई नमाज्जाले ‘डिरेल’ गरिएको भन्दै आपत्ति जनाए । उनले संसद्को अधिकार हनन गरिएको भन्दै प्रचण्ड प्रधानमन्त्री मात्र कि सभामुख पनि हो भन्दै प्रश्न गरे । उनले सभामुख र संसद्को अधिकार खोसिएको आरोप लगाए ।

Global Ime bank

यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सबै काम नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट हुने भए किन सिंहदरबार गएको भन्दै प्रश्न गरे ।

उनले अखण्ड भारतको नक्साको विषयमा मौनता र नागरिकता विधेयकमा संसद् छल्न खोजेर सिक्किमको लेण्डुपको हर्कत प्रधानमन्त्री र राष्ट्रपतिबाट भएको टिप्पणी गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङदेनले नागरिकता विधेयकको विषयवस्तुभन्दा पनि प्रक्रियामा प्रश्न उठाएको भन्दै सांसदहरूलाई उल्लु बनाउने काम प्रधानमन्त्रीबाट भएको आरोप लगाए । उनले अखण्ड भारतको नक्साका विषयमा पनि धारणा माग गरे ।

राप्रपाकै सांसद ज्ञानेन्द्रबहादुर शाहीले देशको प्रधानमन्त्रीलाई कार्यालय सहयोगीबराबर भारतमा सम्मान मिलेको भन्दै त्यसको जवाफ माग गरे । उनले भारत भ्रमणभन्दा दुई/तीन घण्टाअघि मात्र किन नागरिकता विधेयक प्रमाणीकरण भयो भन्दै प्रश्न गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रवि लामिछानेले संसद्को अधिकार छलेर नागरिकता विधेयक प्रमाणीकरण गराउँदा विभेदकारी विषयवस्तु हटाउन सकिन्थ्यो भन्दै त्यसको दोष प्रधानमन्त्रीले लिनुपर्ने धारणा राखे ।

यसैगरी, सांसद दामोदर बैरागीले प्रधानमन्त्रीले ठाडै संसद्लाई ढाँटेको आरोप लगाए ।

अर्का सांसद ठाकुर गैरेले गेरुवस्त्रभित्र लुकेको राज के हो भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्रीबाट राष्ट्रघाती अभिव्यक्ति आएको बताए ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अखण्ड भारतमा नेपालको भूमिसहितको नक्सा आएकामा के छलफल भयो भन्ने प्रश्न गरे ।

सांसद हरि ढकालले पुष्पकमल दाहाल आस्तिक र प्रचण्डचाहिँ नास्तिक हो भन्दै प्रश्न गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !