site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेश मोडलको कुरा मैले भनेको होइन, विज्ञका सुझाव यस्ता छन् मात्र भनेको हुँ : प्रधानमन्त्री
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानन्त्रधी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले ‘बंगलादेश मोडल’ अपनाउन सकिन्छ भनेर नबोलेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले विज्ञले यस्ता सुझाव पनि राखेका छन् मात्र भनेको भन्दै त्यसलाई नै अतिरञ्जित नबनाउन आग्रह गरे ।

“मैले विज्ञहरूको सुझाव यस्ता पनि छन्, विकल्पमा छलफल गर्न सकिन्छ भनेको हुँ,” प्रधानमन्त्री प्रचण्डले भने, “तपाईंहरूनिकटकै विज्ञहरूले राखेका कुरा हुन् । नाम भन्नुपर्छ भने पनि केही छैन । तर, उहाँहरूले राखेका कुरा मैले भन्दा राष्ट्रघात भन्दै हुनुहुन्छ ।”

उनले मिल्न लागेका विषय पनि बिगार्ने गरी अभिव्यक्ति नदिन सांसदहरूलाई आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको सट्टा भारतले बंगलादेशसम्मको बाटो नेपाललाई दिए हुने भन्दै धारणा राखेको भन्दै संसद्मा विरोध गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro