site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको अभिव्यक्तिमा सूर्य थापाले गरे खेद प्रकट

काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य थापाले प्रधानमन्त्रीको भनाइप्रति खेद प्रकट गरेका छन् ।

संसद्मा विचाराधीन विधेयक संसद्सँगै निष्क्रिय भए पनि प्रधानमन्त्रीले ढाँटेको भन्दै उनले खेद प्रकट गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्रीले विधेयक संसद्मा विचाराधीन नभएर राष्ट्रपतिको पुगिसकेको विधेयको विषय बताए पनि थापाले भने नियमावलीको दफा कोट गरेर विचाराधीन भनेका थिए ।

उनले प्रधानमन्त्रीप्रति खेद प्रकट गरेका विषयमा सभामुखले कुनै प्रतिक्रिया जनाएनन् ।

 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्