site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीन महिनाभित्र पञ्चेश्वरको डीपीआर, एक वर्षभित्र लगानी मोडालिटीमा सहमति
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो भारत भ्रमण सुखद रहेको बताएका छन् । 

सोमबार संसद्मा उनले भारत भ्रमणका क्रममा बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको तीन महिनाभित्र डीपीआर गर्ने समझदारी भएको जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको तीन महिनाभित्र डीपीआर तयार गर्ने समझदारी भएको छ,” प्रधानमन्त्रीले भने, “डीपीआर स्वीकृतिपछि एक वर्षभित्र लगानीको मोडालिटी तयार पार्ने समझदारी भएको छ ।”

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामार्फत १० हजार मेगावाट विद्युत उत्पादन गर्ने, ठूलो भूभागमा सिँचाइ उपलब्ध गराउनेसहितका उद्देश्य राखेको आयोजना सधैँ परियोजना विकास र निर्माण सुरु गर्ने समझदारीमा सीमित  हुँदै आएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्