site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मैले नेपाली भूमि सट्टापट्टाको प्रस्ताव गरेको छैन : प्रधानमन्त्री प्रचण्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतसँग आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतलाई दिएर बंगलादेशसम्म पुग्न मार्ग मागेको कुरामा सत्यता नभएको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै उनले आफूले मिचिएको भूमि नेपालको हो भनेर स्थापित गर्न भूमिका खेलेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्ताव गरेको छैन । यो प्रस्ट होस् । कहीँ कतै कन्फुयजन नरहोस् । नेपालको भूमि हो भन्ने स्थापित गर्ने कुरा ठूलो हो, मेले त्यही अुनसार भूमिका खेलेको छु,” उनले भने, “तथ्य र तर्कलाई घुमाउने कोसिस नगरौँ । यसपटकको भारत भ्रमण सफल मात्र भएन परिणाममुखी भयो ।”

उनले बंगलादेश मोडल आफ्नो नभएको पनि बताए । उनले बंगलादेश जाने बाटोको विषयमा एमलो निकट वुद्धिजीवीहरूले आफूलाई भनेको कुरा भएको बताए । उनले आफूमाथि अप्ठ्यारो पारिएको बताए । 

Global Ime bank

“यस्ता पनि तर्क छन् विकल्पहरू छन् भनेर भनेको हो । यतिमात्र भनिएको कुरालाई अतिरञ्जित ढंगले नलिन र जनतामा कन्फ्युजन नर्छन अनुरोध गर्छु,” उनले भने। 

प्रधानमन्त्री प्रचण्डले राजनीतिक मामिला पनि कुरा भएको भन्दै विश्वासको वातावरण बनाउने गरी कुरा भएको बताए । 

“मैले बढो प्रस्टसँग याी समस्या समाधन गर्नेपर्छ स्थायी र दीर्घकालीन समाधान गर्न सकिदैन भने समस्या सिर्जना हुन्छ । प्रस्टसँग मैले राखे र यति खुलस्त राखिएको यो पहिलोपटक नै हो मेरो बुझाइमा,” उनले भने, “भारतको प्रधानमन्त्रीको हैसियतले सीमा समस्या समाधान हुन्छ, हिमालयको उचाइँमा सम्बन्ध पुर्‍याइन्छ मोदीले पनि भन्नुभयो । यसमा हामीले गर्व गर्नुपर्छ ।”

अघिल्लोपटक हिट र अहिले सुपरहिट सम्बन्ध बनाउने भनेर मोदीले बोलेकोमा खुसी मनाउनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !