site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री भन्छन्– सर्वोच्चको आदेश मानिहाल्छौँ, किन यहाँ नागरिकतामा विवाद गर्ने ? 

काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको आदेश सबैले मान्ने भन्दै नागरिकताका विषयमा संसद्मा विवाद नगर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले जारी गरेको अध्यादेश र अहिले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक समान भएको बताए । एउटै विषयमा कहिले सहमत हुने र कहिले विरोध गर्ने भूमिकामा नउभिन उनले आग्रह गरे ।

“हामीले ०६३ सालको अन्तरिम संविधानमा र संविधानसभाबाट ०७२ सालमा जारी संविधानमा नागरिकतासम्बन्धी प्रावधान सर्वसम्मतिमा राखेका हौँ । यसमा कसैको पनि विमति छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “हिजोको अध्यादेश र आज प्रमाणीकरण भएको विधेयकमा पनि समान व्यवस्था छन् ।”

उनले विगतमा सहमति भएका विषय र एकै ठाउँमा भएका दलहरू किन अलग हुन खोजेको भन्दै प्रतिप्रश्न पनि गरे ।

“आइतबार संसद्मा विवाद गर्दैगर्दा सर्वोच्चले अन्तरिम आदेश जारी गरिसकेको छ । अब पनि निर्विवादित व्यवस्थामा जबर्जस्ती विवाद नतानौँ,” उनले भने, “सर्वोच्चको आदेश हामी सबैले मान्छौँ । त्यहाँ विचाराधीन भएकाले अब यता विवाद नगरौँ ।”

राष्ट्रिय हितप्रति आफूहरू सचेत रहेको उनले उल्लेख गरे । “नेपाली नागरिकता प्राप्त गरून्, गैरनागरिकले नागरिकता प्राप्त नगरून् भन्नेमा यो सदनको एकमत छ । हामी कोही पनि विदेशीले नागरिकता पाउने र नेपालीले नपाउने अवस्थाको विषयमा वकालत गर्न सक्दैनौँ,” उनले भने, “राष्ट्रिय हितमा कहीँ पनि गडबडी हुन नपाओस् भन्नेमा हामी सचेत छौँ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro