site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सांसदको प्रश्न– संसद्लाई दिउँसै ढाँट्ने ? जनतालाई ढाँट्ने ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)ले नागरिकता विधेयक प्रमाणीकरणको सिफारिस गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको जिकिर गरेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्रीले नभएको अधिकारबाट राष्ट्रपतिलाई उक्साएको आरोप लगाए ।

“प्रधानमन्त्रीलाई हुँदै नभएको अधिकार । विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार उहाँलाई कसले दियो ? त्यो अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई गैरसंवैधानिक काम गरेर उक्साउने, संविधान मिच्न दुरुत्सहान गर्ने,” भट्टराईले भने ।

उनले संसद्को विशेष अधिकार हनन भए कारबाही हुन सक्ने नियमावलीमा व्यवस्था रहेको बताए ।

भट्टराईले राष्ट्रपति संसद्कै अंग भएको बताउँदै संसद् सचिवालयमा आएको पत्रमा कुन सभामुखको नाम छ भन्दै प्रश्न गरे ।

“संसद्लाई दिउँसै ढाँट्ने ? जनतालाई ढाँट्ने ? राष्ट्रपति संसद्को एउटा अंगो हो,” उनले भने ।

उनले सर्वोच्च अदालतलाई धन्यावाद पनि दिए । उनले ‘मृत भइसकेको विधेयक ब्युँताउने तागत प्रधानमन्त्रीलाई भए द्वन्द्वकालमा मृत भएका १७ हजारलाई उठाइदिऊँ’ भन्दै कटाक्ष गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro