site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के हुन्छ अब महराको सांसद पद ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । यौन दूराचारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा सांसद पदबाट निलम्बित नहुने भएका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरे पनि सांसद पद भने रहि रहनेछ । 

फौजदारी न्यायको सिद्धान्तअनुसार प्रहरीले अनुसन्धानका लागि हिरासतमा लगेपछि पद स्वत: निलम्बन हुने व्यवस्था हुनुपर्ने वरिष्ठ अधिवक्ता तथा डिएलए नेपालका पूर्वअध्यक्ष यदुनाथ खनालले बताए । तर, प्रतिनिधिसभा नियमावली २०७४ अनुसार अभियुक्त महराको सांसद पद भने निलम्बन नहुने भएको छ । 

नियमावलीको नियम २४४ मा सदस्यको पक्राउको जानकारी सम्बन्धी व्यवस्था गरिएको छ । उक्त नियमको उपनियम ३ मा 'संविधानको धारा १०३ को उपधारा ६ को प्रतिबन्धित वाक्यांश बमोजिम  कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा, वा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भइ पुपर्पक्षका लागि थुनामा रहेको अवस्थामा थुनामा रहेको अवधिभर सदस्यको हैसियतले कुनै कामकारबाही गर्न वा अधिकार वा कुनै उन्मुक्ति प्राप्त हुने छैन । त्यस्तो अवधिभर निजको पारिश्रिमक सेवा र सुविधा स्थगित हुने' उल्लेख गरिएको छ ।

Agni Group

उक्त उपनियम अनुसार सभामुख पदबाट राजीनामा दिएमा महराले सांसद पद निलम्बन नभए पनि उनले पारिश्रमिक र अधिकार भने कटौती हुने भएको छ ।  

कस्तो अवस्थामा हुन्छ निलम्बन ? 

Global Ime bank

प्रतिनिधिसभा नियमावली २०७५ को पारित हुनुअघि फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुने वा नहुने भन्ने लामो विवाद चलेको थियो । संसदको पूर्ण बैठकले जेठ २४ गते शुक्रबार निलम्बन भन्ने शब्दलाई राख्दै नराखी बहुमतले नियमावली पारित गरेको थियो । 

पारित हुनुअघि भएको छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टीका सांसदहरु नियमावलीमै निलम्बन शब्द राख्ने पक्षमा थिए भने नेपाली कांग्रेस र राजपालगायतका दलहरू निलम्बनलाई नियमावलीमा राख्न नहुने पक्षमा थिए । अन्तत: संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमै फौजदारी अभियोग लागेको व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा सांसद पद निलम्बन नहुने व्यवस्थासहितको नियमावली पारित गरेको थियो । 

नियमावलीको नियम २४४ को उपनियम ४ मा 'कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर त्यस्तो सदस्य स्वतः निलम्वन भएको मानिने' उल्लेख छ । 

यसकारण महरा प्रकरणमा यदि उनलाई अदालतको अन्तिम फैसलाले दोषी ठहर गरेमा मात्रै उनको सांसद पद निल्मबन हुने कानुनी प्रावधान छ । 

रोशनीको 'यु-टर्न'ले महरा पक्राउ 

घटना सार्वजनिक भएपछि पीडित भनिएकी संसद सचिवालयमा कार्यरत रोशनी शाहीले महरा आफ्नो बाबु समान भएको भन्दै आफैंले दिएको सूचनाको खण्डन गरेकी थिइन् । गत आइतबार हाम्राकुरा डटकमले रोशनी शाहीमाथि महराले जबरजस्ती करणीको प्रयास गरेको समाचार पहिलो पटक प्रकाशित गरेको थियो । उक्त समाचारमा संलग्न भिडियो कुराकानीमा रोशनीले आफू्माथि महराले दुर्व्यवहार गरेको बताएकी थिइन् ।

आफूमाथि बलात्‍कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । 

आइतबार राति नै पीडित महिलाले महराले बलात्कार गरेको भन्दै प्रहरीलाई समेत खबर गरेकी थिइन् । खबरलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा महरा भने त्यहाँ थिएनन् । प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो ।  

तर, एकाएक रोशनीले घटनालाई 'यु-टर्न' दिइन् । उनले शुक्रबार जबरजस्ती करणी उद्योगमा महानगरीय प्रहरी वृत बानेश्वरमा महराविरुद्ध किटानी जाहेरी दिइन‍् । लिखित उजुरी नआएकोले कारबाही अघि बढाउन नसकिएको भन्दै आएको प्रहरीले त्यसछि कारवाही प्रक्रिया अघि बढायो । त्यसअघि नै उनले आफ्तै पति चित्रजंग शाहीसँग कानुनी रुपमा सम्बन्ध विच्छेद गरिसकेकी थिइन् । 

घटना सार्वजनिक भएको एक सातापछि आतइबार काठमाडौं जिल्लाका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेका हुन् । उक्त पुर्जीका आधारमा प्रहरीले आइतबार बेलुका नै महरालाई पक्राउ गरेको हो । 

थप, 

बालुवाटारबाट पक्राउ परेका महरालाई सिंहदरबारमा राखिने

बलात्कार आरोप लागेका कृष्णबहादुर महरा सरकारी निवासबाटै पक्राउ

महराविरुद्ध कुन दफाअन्तर्गत जारी गर्‍यो अदालतले पक्राउ पुर्जी ?

कृष्णबहादुर महराविरुद्ध पक्राउ पुर्जी जारी

महराले अझै छोडेनन् बालुवाटार, के हुँदैछन् पछिल्ला गतिविधि ?

कसुर पुष्टि भए महरालाई तीन वर्ष कैद र ३० हजार जरिबाना

महराविरुद्ध बलात्कारको उजुरी दर्ता, पक्राउ गर्ने तयारी

महरालाई पूर्वसहकर्मी बाबुरामको खुला पत्र- प्रायश्चित गर्नु नै तपाईंको हितमा छ

महिला हिंसाका घटनामा शून्य सहनशीलता अपनाउन अन्तर्राष्ट्रिय समुदायको आग्रह 

महरा प्रकरणमा आयोगद्वारा प्रहरीसँग अनुसन्धानको जानकारी माग, अनुगमन टोली गठन

डेरा खोज्‍दै महरा 

महरालाई जोगाउन लागिपरेको आरोप आएपछि सम्बन्ध विच्छेदको निर्णयमा पुगेको हुँ : शाही

रोशनी शाहीले दिइन् प्रहरीमा निवेदन, भन्छिन्– सभामुखबाट ममाथि कुनै  दुर्व्यवहार भएको छैन

आरोपीको बोली फेरियोः सभामुख रिसको झोकमा पर्नुभयो

उपसभामुखले शर्त अस्वीकार गरेपछि महराले दिए दोस्रो राजीनामा

सभामुख महराको राजीनामा ‘त्रुटिपूर्ण’

सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोपः महरा भन्छन्– मैले पढाएकै विद्यार्थी हुन्, त्यस्तो केही गरेको छैन 

 


  
 
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  १८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC