site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको पिठ्युँमा बसेर बहुमत ल्याउने एमालेको घमण्ड पूरा हुँदैन : झलनाथ 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले कांग्रेसको पिठ्युँमा बसेर एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने घमण्ड गरेको आरोप लगाएका छन् । 

नेपाल कम्युनिस्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा खनालले केही दिनअघिसम्म कांग्रेसको पिठ्युँमा बसेर कराइरहेका प्रचण्ड बाहिर आएपछि क्रान्तिकारीजस्तो कुरा गर्न लागेको उनले तर्क गरे । 

खनालले प्रधानमन्त्रीका कारण शिक्षामन्त्रीले राजीनामा दिनुपरेको दाबी गरे । शिक्षकहरूको माग पूरा गर्नुपर्ने शिक्षामन्त्रीको प्रस्तावलाई प्रधानमन्त्रीले अटेर गर्दा बाध्यताका कारण राजीनामा दिनुपरेको उनले बताए । 

समाजवादी शिक्षा स्थापित गर्छु भन्ने पार्टीका नेता अहिले प्रधानमन्त्री भएपछि लाखौँ शिक्षकको मागलाई कुल्चिएर हिँडेको उनको आरोप छ । 

त्यस्तै, उनले कम्युनिस्ट पार्टीले घोषणापत्रमा उल्लेख गरेका विषयलाई सत्तामा पुगेपछि बेवास्ता गरेका कारण जनताले नपत्याउने अवस्था सिर्जना भएको धारणा राखे । 

नेता खनालले कम्युनिस्ट पार्टीबाट विगतमा भएका गल्ती कमजोरीलाई सुधार गर्दै अघि बढाउने दिशामा आफू बढेको जिकिर गरे । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  २०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro