
सिड्नी । अन्तर्राष्ट्रिय शिक्षा र आप्रवासन परामर्श सेवामा अग्रणी रहेको एक्सपर्ट एजुकेसनले पश्चिमी सिड्नीको ब्ल्याकटाउनमा आफ्नो ८७औँ शाखा विस्तार गरेको छ । एक विशेष समारोहमा एक्सपर्टका ग्लोबल डाइरेक्टर बद्री अर्यालले रिबन काट्दै नयाँ कार्यालयको औपचारिक शुभारम्भ गरे । अर्यालले शिक्षा र आप्रवासन क्षेत्रमा विश्वसिलो साझेदार बन्ने प्रयासमा सबैको साथ र समर्थन पाएकोमा खुसी व्यक्त गरे ।
शाखाका विजनेस म्यानेजर सरोजप्रकाश शर्मा र अपरेसन्स् म्यानेजर गरिमा वाग्लेले अन्य शाखाहरू जस्तै यहाँ पनि ग्राहकको सद्भाव, समर्थन र मायाको अपेक्षा गरिएको बताए ।
करिब २२ वर्षदेखि शिक्षा र आप्रवासन परामर्श क्षेत्रमा सक्रिय एक्सपर्टको मुख्य कार्यालय सिड्नी टाउन हलमा छ । त्यहाँबाट कर्पोरेट अफिस, साथै रकडेल र पारामाटामा पनि शाखाहरू सञ्चालनमा छन् ।
अष्ट्रेलियाका डार्विनबाहेक सबै राज्यहरूमा उपस्थिति राखेको एक्सपर्टले हाल नेपाल, भारत, भुटान, ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, कोलम्बिया, हङकङ, इन्डोनेसिया, केन्या, कोरिया, मलेसिया, मंगोलिया, म्यानमार, नाइजेरिया, फिलिपिन्स, दक्षिण अफ्रिका, श्रीलंका, थाइल्यान्ड र भियतनामलगायत २५ भन्दा बढी देशहरूमा आफ्नो सेवा विस्तार गरिसकेको छ ।