site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महरालाई जोगाउन लागिपरेको आरोप आएपछि सम्बन्ध विच्छेदको निर्णयमा पुगेको हुँ : शाही
Sarbottam CementSarbottam Cement

काठमाडौं । गएको आइतबार भएको एउटा घटनाले पूरै देश तरंगित भयो । अन्तर्राष्ट्रिय मिडियाले समेत उक्त घटनालाई महत्वका साथ स्थान दिए । 

४८ घण्टा नबित्दै थुप्रै ‘टर्न एन्ड ट्विस्ट’ आए घटनामा । प्रतिनिधिसभाका सभामुख (हाल राजीनामा दिइसकेका) कृष्णबहादुर महराले संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको कुरा एक अनलाइनले भिडियोसहित सार्वजनिक गरेपछि तीव्र रुपमा घटनाक्रम विकसित भयो ।

आइतबार राति घटना हुनेबित्तिकै महिलाले १०० मा फोन गरेर प्रहरीलाई जानकारी दिइन् । राति नै प्रहरी घटनास्थलमा पुग्यो र शंकास्पद सामानहरु लिएर गयो । 

Prabhu Bank
Agni Group
NIC Asia

भोलिपल्ट बिहान सञ्चारमाध्यमहरुमा छ्यापछ्याप्ती समाचार आइसकेका थिए । मुलुककै उच्च ओहोदाका व्यक्ति मुछिएकाले त्यसैअनुसार राजनीतिक–प्रशासनिक सक्रियता बढ्नु स्वाभाविक थियो ।

गृहमन्त्री, सचिव, आईजीपीले घटनाबारे छलफल गरे । प्रधानमन्त्रीले चासो देखाए । नेकपा अध्यक्ष प्रचण्डले महरालाई भेटे । अर्का अध्यक्ष केपी ओलीले प्रचण्डसँग छलफल गरे । नेकपाको सचिवालयको आकस्मिक बैठक बस्यो र महरालाई सभामुख र सांसदबाट राजीनामा दिन आग्रह गर्यो । सोही दिन महराले राजीनामा दिए । 

Global Ime bank

महराले राजीनामा दिएकै साँझ पीडित भनिएकी महिलाको बयान फेरियो । त्यो पनि १८० डिग्रीमा । 

घटनामा ट्विस्ट आउने क्रम जारी छ । श्रीमानसँग सल्लाह गरेर जाहेरी दिन्छु भनेकी महिलाले उनैसँग सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाएकी छन् । दुईजना अलग हुने र डिभोर्सको कानुनी प्रक्रिया सुरु गर्ने कुरा उल्लेख भएको एउटा कागजको चिर्कटो बिहीबार भाइरल भयो, जसमा रोशनी शाही र चित्रजंग शाहीको हस्ताक्षर छ । 

आज बिहान हामीले चित्रजंग शाहीलाई सम्पर्क गरेर सोध्यौं– तपाईंहरु छुट्टिन लाग्नुभएको हो ? शाहीले सामाजिक रुपमा आफूलाई ज्यादै दबाब आएका कारण सम्बन्ध विच्छेदको निर्णयमा पुगेको बताए । उनले भने, ‘‘मलाई विभिन्न क्षेत्रबाट महरालाई जोगाउन लागिपरेको भनेर आरोप र दबाब आयो । त्यसैले बाध्य भएर सम्बन्ध विच्छेदको निर्णयमा पुगेको हुँ । नराम्रो भयो तर यसो गर्नुको विकल्प अरु मलाई थिएन ।’’

पत्नीको दोस्रो भिडियो आउँदा पनि आफू उपत्यका बाहिर नै रहेको उल्लेख गर्दै उनले सो घटनापछि महराको तर्फबाट आफूलाई केही पनि नभनिएको दाबी गरे । ‘‘मैले एक पटक भेटेँ । यस्तो कुरा आयो भनेर सोधेंँ । उहाँले म त्यहाँ गएकै छैन भन्नुभयो,’’ उनले भने । 

त्यहाँ गएको कुरा त सीसीटिभी फुटेजबाट नै प्रमाणित भइसक्यो भन्ने कुरा आएको छ, त्यसो भए महराले तपाईलाई ढाँटेका हुन् त भन्ने प्रश्नमा उनले भने, ‘‘त्यो मलाई थाहा भएन ।’’

उनले नेपालमा आफ्नो परिवारमा आइलागेको आपतका बारेमा विदेशमा पढ्दै गरेका छोराछोरीसँग कुरा हुन नपाएको समेत बताए ।

मिडियामा महिलालाई अप्ठेरो परेको बेलामा पतिले छोड्यो भनेर आरोप समेत आइरहेको जनाउँदै उनले भने, ‘‘मेरो पीडा अर्कै छ । तर, हामी सम्बन्ध विच्छेद भए पनि बोलचाल नै नहुने गरी होइन । उहाँलाई अप्ठेरो परेको अवस्थामा म बाहिर रहेरै पनि सघाउनेछु ।’’

अहिले दुई जनाबीच सम्बन्ध विच्छेदको सहमति भए पनि कानुनी प्रक्रिया भने अदालतमा गएर दसैंपछि पूरा गर्ने समेत उनले बताए । उनले पत्नीसँग सम्बन्ध विच्छेद गर्ने कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत् बिहीबार सार्वजनिक गरेका थिए् ।

उनले फेसबुकमा भनेका थिए, ‘‘हामी २८ वर्ष सम्म सँगसँगै दिन बितायौं र समयको गतिसँगै अलग हुने निर्णयमा पुगेका छौं । धन्यवाद शुभचिन्तकहरु ।’’

पत्रमा भनिएको छ, ‘‘प्रियजनहरु, थुप्रै उतार चढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापि खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रियाको निरन्तरताका साथ ।’’

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC