site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुटवलमा एक महिलामाथि गोली प्रहार, कस्तो छ अवस्था ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ । आज बिहान बुटवलको बुद्धनगर बस्दै आएकी टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । 

पाल्पा स्थायी घर भएकी विष्टको ढाडमा गोली लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए । 

“२८/२९ वर्षीया विष्टको अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ,” उनले बाह्रखरीसँग भने, “अवस्था मध्यम रहेको खबर आएको छ ।” बिहान करिब ९ बजे विष्टमाथि गोली प्रहार भएको उनले बताए । 

कसले गोली हान्यो र किन हान्यो भन्ने खुल्न बाँकी रहेको डीएसपी कार्कीले जानकारी दिए । 

“मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेको भन्नेछ । तर, कसले र किन हान्यो भन्ने खुल्न बाँकी छ,” उनले भने, “कुन हतियारबाट गोली हानिएको हो अनुसन्धान गर्न बाँकी छ ।” 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro