site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रञ्जीता श्रेष्ठलाई प्रश्न– जनमतसँगको एकतापछि अध्यक्ष को ?

काठमाडौं । ०७९ को निर्वाचनबाट उदाएका जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकताको सहमतिनजिक पुगेका छन् । केही समययता एकताका लागि छलफल गरिरहेका दुई दलले सहमतिको मस्यौदा तयार गर्न कार्यदल नै बनाएका छन् ।

रेशम चौधरी संरक्षक र रञ्जीता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नाउपा र डा. चन्द्रकान्त (सीके) राउत अध्यक्ष रहेको जनमत पार्टीले पनि कार्यदल गठन गरहेका हुन् । यसै सन्दर्भमा नाउपाका अध्यक्ष श्रेष्ठसँग बाह्रखरीका कुञ्जरमणि भट्टराईले गरेको संक्षिप्त कुराकानी :

जनमत पार्टीसँग एकताको सहमति नजिक पुग्नुभएको हो ?
शुक्रबार र शनिबार हाम्रो केन्द्रीय समिति बैठक बसेको थियो । बैठकले पार्टी एकता गर्ने निर्णय गरेको छ । जसका लागि कार्यदल पनि गठन गरेका छौँ । माननीय गंगाराम चौधरीको संयोजकत्वमा उपाध्यक्ष सुनिता चौधरी र टीकापुर नगरपालिकाका मेयर रामलाल डगौराथारुको सदस्यतामा हुनुहुन्छ । त्यो कार्यदल र जनमत पार्टीको कार्यदलको बैठक सम्भवतः सोमबार बस्छ होला, र केही कुरा आउँला ।   

०७९ को निर्वाचनबाट उदाएको दुवै पार्टी एकता गर्नुपर्छ भन्ने निर्णयमा चाहिँ कसरी पुग्नुभयो ?
जनमत पार्टी मधेसबाटै उदयमान भएन आयो, हाम्रो पश्चिमबाट उदय भएर आएको पार्टी । हाम्रो विधानमा नै कुनै पनि सिद्धान्त, विचार मिल्ने एकताबद्ध भएर जानुपर्छ भन्ने छ । हाम्रो मुद्दा, सबै मिल्ने भएर हो ।

हाम्रो संरक्षकले पनि भेटघाटका क्रममा एकता गरेर जानुपर्छ कुरा राख्दै आउनुभएको थियो । धेरैअघि सीके राउतजीले पनि बैठकमा एक हौँ भन्नुभएकै थियो । एक वर्षअघि नै कार्यगत एकता पनि गरेका थियौंँ । अहिले त्यसको प्रतिफल पनि हो ।

नयाँ पार्टीको अध्यक्ष को बन्नुहुन्छ ? चुनाव चिह्न लगायतका विषयमा सहमति जुटिसकेको हो ?
संयुक्त बसेर छलफल गर्दा सहमतिमा नै जाने कुरा भएको छ । पार्टीको नेतृत्व, चुनाव चिह्न, त्यसमा कुनै विवाद होला जस्तो लाग्दैन । नयाँ बन्ने पार्टीको संरक्षकमा रेशम चौधरीजी, अध्यक्षमा सीके राउतजी र सह–म रहने भन्ने कुरा पनि आएको छ । एकता गर्ने कुरा भयो । त्यसमा छलफल भइसकेको छैन । अहिले जे छ त्यो नहुन पनि सक्छ । समय अझै छ । छलफलपछि नै कसरी जाने भन्ने टुंगिन्छ ।

एकता कहिले गर्ने भन्ने कुरा भएको छ ?
यही समय भनेर मिति तोकेका छैनौँ । कार्यदलको बैठक बसोस्, छलफल होस् । उहाँहरूले एउटा निक्र्यौल निकाल्नुहुन्छ नि । त्यसपछि निर्णय भइहाल्छ । हामी सकारात्मक नै छौँ ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पनि एकताको छलफलमा हुनुहुन्छ भन्ने सुनिन्छ नि !
हामी दुई पार्टी (जनमत र नाउपा) एक भएर जाँदा सकारात्मक प्रतिक्रिया दिइरहनुभएको छ । शुशेच्छा व्यक्त गर्नुभएको हो, खुसी हुनुभएको हो । उहाँ पनि आउने भन्ने त्यस्तो कुरा भएको छैन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ०६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro