site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कसुर पुष्टि भए महरालाई तीन वर्ष कैद र ३० हजार जरिबाना
Sarbottam CementSarbottam Cement

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा उजुरी दर्ता भएको छ । पीडित महिला रोशनी शाहीले शुक्रबार महराविरुद्ध किटानी जाहेरी दिएकी हुन् । 

प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ । यदि महराले जबरजस्ती करणी उद्योग गरेको पुष्टि भए उनलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना हुनेछ । 

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १५ करणीसम्बन्धी कसुरको दफा २२४ को उफदफा (१) मा कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउनु नहुने उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त दफा २२४ को उदफा (२) मा, "कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्वीर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुर्व्यवहार गरेको मानिने" उल्लेख छ । 

उक्त कसुर गरेमा कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने उपदफा ३ मा उल्लेख छ । 

Global Ime bank

आइतबार बेलुका महराले जबरजस्ती करणी गरेको समाचार हाम्रा कुरा डटकमले प्रकाशित गरेको थियो । उक्त समाचार प्रकाशनपछि महराका प्रेस सल्लाहकार डिल्ली मल्लले महरा शनिबार दिउँसो २ बजेपछि घरबाट कतै नगएको भन्दै विज्ञप्ति जारी गरेका थिए । तर, महरा स्वयंले भने सञ्‍चारमाध्यमहरुलाई आफू रोशनीको कोठामा गएको स्वीकार गरेका थिए । त्यस्तै हाम्रा कुरा डटकमले गरेको भिडियो अन्तर्वार्ताका क्रममा महराले 'हिजो (शनिबार) को कुरा सामान्य भएको र त्यसलाई बिर्सिदिन पीडित भनिएकी रोशनीलाई फोन गरेर आग्रह गरेका थिए । 

यौन दूराचारको आरोप लागेपछि सोमबार घटनाको अनुसन्धानमा सहज होस् भन्‍ने हेतुले आफूले राजीनामा दिएको महराले बताएका थिए । तर, सोमबार बेलुका रोशनीले फेरि एक अर्को अनलाइनलाई 'महरा आफ्नो बाबु समान भएको र आफ्नो कोठामा नआएको' बताएकी थिइन् । तर, सीसीटिभी क्यामेराको फुटेजअनुसार महरा रोशनी बस्ने घरमा गएको प्रहरीले जनाएको छ । 

घटना भएकै आइतबार राति नै पीडित महिलाले महराले बलात्कार गरेको भन्दै प्रहरीमा खबरसमेत गरेकी थिइन् । खबरलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा महरा भने त्यहाँ थिएनन् । प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको बताइएको छ । 

शुक्रबार अन्तर्राष्ट्रिय समुदायले समेत महिला हिंसाका घटनामा निष्पक्ष छानबिन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । नेपालस्थित संयुक्त राष्ट्रसंघ र बेलायत, अस्ट्रेलिया,  फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड, फिनल्यान्ड दूतावासले संयुक्त वक्तव्य जारी गर्दै महिला हिंसाका घटना बढेकोले अन्तर्राष्ट्रिय कानुन अनुसार शून्य सहनशीलताको नीति अवलम्बन गर्न आग्रह गरेका थिए । 

अन्तर्राष्ट्रिय समुदायले महराको नाम उल्लेख नगरी निर्मला पन्त र माया विकको घटनाको प्रसंग उल्लेख गर्दै महिला र यौन हिंसाविरुद्धका घटनाको अनुसन्धान गर्न दबाब दिएको थियो । 

त्यसैगरी शुक्रबार नै राष्ट्रिय मानवअधिकार आयोगले पनि प्रहरीलाई घटनाको अनुसन्धानको जानकारी माग गरेको थियो भने अनुसन्धानको अनुगमन गर्न तीन सदस्यीय उच्चस्तरीय अनुगमन टोलीसमेत गठन गरेको थियो । 

अनुसन्धान गर्न चौतर्फी दबाब बढेपछि शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आईजीपीसहितको बैठक बोलाएका थिए । नगर प्रहरीको कार्यालयमा भएको बैठकमा गृहमन्त्रीसहित आईजीपी सर्वेन्द्र खनाल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्री, परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र वृत्त नयाँ बानेश्वरका डीएसपी दुर्गाराज रेग्मी उपस्थित थिए ।  

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १८, २०७६  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC