site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महराले अझै छोडेनन् बालुवाटार, के हुँदैछन् पछिल्ला गतिविधि ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । यौन दूराचार प्रकरणका कारण सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले अझैपनि सरकारी निवास बालुवाटार छोडेका छैनन् । उनले गत आइतबार एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि राजीनामा दिएका थिए । उनलाई सत्तारुढ नेकपाले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिए पनि निर्देशन लगत्तै उनले सभामुख पदबाट मात्रै राजीनामा दिए । 

उनका विरुद्धमा शुक्रबार रोशनी शाहीले बलात्कारको उद्योगमा उजुरी दिएकी थिइन् । निवर्तमान सभामुखका छोरा राहुल महराले आज बिहान बाह्रखरीसँगको कुराकानीमा भने,‘‘हामी बालुवाटारमै छौं । बुबा एउटा मिटिङ्गमा सहभागी हुनुहुन्छ त्यसैले अहिले सम्पर्क गर्न मिल्दैन ।’’

उनले महराविरुद्ध उजुरी परेको विषयमा जानकारी भएको संकेत गर्दै भने,‘‘कसले उचालेर उजुरी दिन लगायो थाहा भएन । प्रहरीले हामीसँग सम्पर्क गरेको छैन ।’’

Agni Group

अघिल्लो आइतबार रातिको घटनालाई लिएर शुरुमा रोशनीले मिडिया र राजनीतिक दलका महिला नेतृहरुलाई घटनाको बारेमा जानकारी गराए पनि उनले भोलिपल्ट आफ्नो भनाई फेरेकी थिइन् । तर, पछि उनी नयाँ बानेश्वर प्रहरी चौकीमा गएर उजुरी दिएपछि घटना नयाँ चरणमा प्रवेश गरेको हो । उनको उजुरीको आधारमा महरा पक्राउ पर्न सक्ने अवस्था उत्पन्न भएको छ ।

महराको फोन आरोप लागेको भोलिपल्ट सम्म खुला रहेपनि त्यसपछि उनको फोन निरन्तर अफ रहँदै आएको छ । महरापुत्र राहुलले पार्टीका नेताहरुसँग पछिल्लो चरणमा कुराकानी नभएको बताए  । 

Global Ime bank

चित्र आज दाङ जाने

यसैबीच, रोशनीका पति चित्रजंग शाहीले आफू दशैंका लागि आज दाङ जान लागेको जनाएका छन् । उनले बाह्रखरीसँगको कुराकानीमा भने,‘‘रोशनीजी जाने कि नजाने भन्ने बारेमा कुरा हुन पाएको छैन ।’

एकै ठाउँमा बस्ने होइन र भन्ने प्रश्नमा उनले भने,‘‘बस्ने एकै ठाउँमा नै हो । तर, कुरा हुन पाएको छैन ।’’

यो घटनाक्रममा बारम्बार फेरबदल आइरहेको प्रसंगमा राखिएको जिज्ञासामा उनले आफूले पनि राम्रोसँग बुझ्न नपाएको समेत बताए । उनले पार्टीका कुनै पनि नेतासँग पछिल्लो चरणमा कुराकानी नभएको समेत दाबी गरेका छन् । 

उनले केही दिनअघि रोशनीसँग सम्बन्ध विच्छेदको सहमति भएको भन्दै दुवैले हस्ताक्षर गरेको पत्र सार्वजनिक गरेका थिए । तर, अदालती प्रक्रियामा भने गएको पाइएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC